गोरु काट्ने रिहाईपछि स्वागतसंगै खुलेआम रुपमा गोरु काटेर सामुहिक भोज खाए(भिडियो सहित )

 

 

धरान । बिगत १७ वर्षदेखि धरानमा काट्दै आएको गोरुको मासु काट्ने दुईजनालाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिएका थिए ।

गत साउन १० गते धरान १५ का राजन परियार र धरान ५ का बिन्द्रा राईलाई ३० किलो गोरुको मासु सहित पक्राउपछि १७ दिनमा रिहाई भएका थिए । रिहाईपछि सांस्कृतिक अधिकार संरक्षण समिति र नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले खादा लगाई भव्य स्वागत गरेका थिए । धरान ११ वडा समितिको कार्यालय अगाडि स्वागत कार्यक्रम गर्दै निरन्तर गोरु काट्ने अभियन्ताहरुले अभिव्यक्ति दिए ।

रिहाई भएकामध्ये बिन्द्रा राई मात्र उपस्थिति थिए । स्वागत र कोणसभापछि गोरु नै काटेर सामुहिक भोज लगाएका थिए । २०६३ सालमा त्यहि स्थानमाबाट गोरु काट्न थालेका थिए । केहि वर्षअघि पनि धरानमा गोरु काटेको कसुरमा १० जना पक्राउ गरेका थिए । त्यसपछि त्यहि स्थानमा स्वागत गर्दै सामुहिक रुपमा गोरु काटेर भोज गरेका थिए । तर यसरी खुलेआम रुपमा सामुहिक भोज लगाएर खाँदा पनि प्रहरी प्रशासन मौन बसेको पाईयो । यस अघि दुईजनालाई पक्राउ गर्दा बाराम्बार गोरु काटेको भनेर सुनाएपाछि बाध्य भएर पक्राउ गरेको प्रहरी जनाएको थियो । यस अघि व्यवस्थित रुपमा गोरु काटेर खाँदै आएको भन्दै अव भानुचोकमै काट्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित