पुजाको एक्सन सहितको फिल्म सुरु भयो दान्भी को सुटिङ

दिपेश सार्की
काठमाण्डौ । नायिका पुजा शर्माको मुख्य भुमिका रहेको चलचित्र ´ दान्भीको` क्लाइमेक्सको छायांकन सुरु भएको छ । काठमाडौको नेकपामा चलचित्रको लागि तयार पारिएको सेटमा चलचित्र क्लाइमेक्सको छायांकन सुरुभएको जानकारी चलचित्र निर्माण टिमले दिएको छ । चलचित्रको गित र केही दृश्यको छायांकन भैसकेपछि केही समय काम रोकिएको सुटिङको सुरुवात संगै पुजाले एक्सन दृश्य दिइरहनु भएको छ ।

चलचित्रको क्लाइमेक्स छायांकन भैसकेपछी निर्माण टिम बाकी छायांकनको लागि भारतको दार्जीलिङ जाने तयारी गरेको छ । चलचित्रमा कुन्साङ बोमजाम नायकको रूपमा देखिने हुनु भएको छ । उनको यो डेब्यु चलचित्र रहेको छ । चलचित्रलाई रुपेश तामाङले निर्देशन गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित