बसन्तराज सुब्बा
झापा । झापा जिल्लाको कमल गा.पा वडा न. ४ मुजुरभिटामा एक दिवसीय नि:शुल्क अँखा शिविर सम्पन्न भएको छ !
झापा: राष्ट्रिय प्रजातान्त्र पार्टीद्वारा आयोजित र लायन्स क्लव अफ काठमाडौ, लायन्स आखा अस्पतालद्वारा सञ्चालित पाथिभरा नेत्रालयको प्राबिधिक सहयोगमा एक दिवसिय नि:शुल्क आखा शिविर संचालन भएको थियो ।
शिबिर श्रावण २६ गते शुक्रबार प्रताप राईको अध्यक्षमा कमल गाउँपलिका वडा न.चार मुजुरभिट्टा स्थित शिवापच्यान मन्दिरको सभा हलमा भएको हो । शिबिरमा आँखा उपचारका लागि बच्चा-वृद्ध सबैगरी जम्मा २३० भन्दा बढिले उपचार सेवा लिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती भिम पौडेलले अहिले आँखा शिबिर-सेवा कार्यक्रम गर्नुको मुख्य उदेश्य यो गर्मीमा आखापाक्ने रोग जताततै रहेकोले जनताको बास्ताबिक अहिलेको समस्या देखिएकोले यास्ता कार्यक्रम सकेसम्म सबै जिल्लाको सबै स्थानिय गाउँहरुमा यसरीनै अभियान भन्दै सहयोगी सस्था, नि:शुल्क आखा उपचार सेवामा खटिएका आप्टोमेट्री चिकित्सकहरु, शिविर संचालनकी अगुवा सेलिना राई र स्थानीय समाजिक युवाहारुलाई धन्यवाद दिए । सबैको आँखा उपचार सफल रहोस भन्दै शुभकामना सहित आफ्नो भनाई राखेका थिए।
सेलीना राईद्वारा सञ्चालित उक्त कार्यक्रमलाई सहजीकरण सामाजिक ब्याक्तित्व बिरेन्द्रकुमार याक्थुम्बाले गरेका थिए ।
त्यस्तै विशिष्ट अथितीहरुमा आप्ट्रोमेट्री चिकित्सकहरु क्रमश. नन्दकिशोर यादव, रमेश पासवान, युवराज ढकाल र शम्भ कुमार ठाकुर र राप्रपा जिल्ला उपाध्यक्ष रहेका थिए । स्थानीय सामाजिक ब्याक्तीतित्वहरु पनि सहभागी थिए ।
Discussion about this post