प्रचार गरिएजस्तो धरानको पानी कोलिफर्म भेटिएन,मौलिक फिल्टर गरेर खान मेयरको आग्रह (भिडियो सहित)

 

धरान । धरानको खानेपानीमा यस अघि भनिएजस्तो दिसामा पाईने ब्याक्टेरिया कोलिफर्म नभेटिएको कुरा पानी परिक्षणपछि परिणामले देखाएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै गत साउन २५ धरानका बिभिन्न क्षेत्रबाट पानी संकलन पछि आएको परिणाम सार्वजनिक गरिएको हो। नेपाल सरकारको मातहत रहेको वाटर सप्लाई एन्ड सेवरेज मेनेजमेन्ट बिराटनगरले नमुना संकलन गरेपछिको परिणाम सार्वजनिक गर्दा यस अघि भनिएका जस्ता दिसामा पाईने किटाणुको मात्रा नभेटिएको जानकारी दिए । मेयर हर्क साङ्पाङको कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा निर्देशक इन्जिनियर राजु पोखरेलले पानीमा पाईएको तत्वको विवरणको जानकारी दिएका थिए ।
पत्रकार सम्मेलनमा कोखा खोलाको मुहान सहितको पानीमा १ प्रतिशत कोलिफर्म भेटिएको जानकारी दिए । त्यहि पानी उपभोक्ताको सिधै धाराको पानीमा परिक्षण गर्दा शुन्य रहेको जानकारी दिए । सर्दुखर्दुमा नमुना संकलन गर्न जाँदा बाढि आएकोले केहि दिनमा संकलनपछि परिक्षण गरिने कुरा निर्देशक राजु पोखरेलले जानकारी दिए । तर त्यहाँबाट सिधै उपभोक्ताको लागि पठाएको पाईपमा भने शुन्य रहेको जानकारी दिए ।

संघीय सरकारको मातहतमा रहेको निकायबाट संकलित पानीको नमुनाको पुर्ण रिपोर्ट

धरानबाट संकलन गरिएको नमुना पानीबाट जम्मा १० वटा प्यारामिटरमा परिक्षण भएको जानकारी दिए । जसमा दिसामा पाईने कोलिफर्मदेखि पानीको पिएच त्यसमा पाईने आइरन माग्नेसियम जस्ता तत्वको परिक्षणको परिणाम उपलब्ध भएको जानकारी दिए ।

मेयर हर्क साङ्पाङले पानी परिक्षणपछिको रिजल्टलाई देखाउदै यस अघि केकति कोलिफर्म भेटिएको गीत गाएको बताए । स्थानीय सरकार जनस्वास्थ्यको विषयमा सतर्क रहेको दाबि गरे । साथै साङ्पाङले धाराको पानी सिधै नखाई मौलिक फिल्टर गरेर खान सुझाव दिए ।

यस अघि सार्वजनिक गरिएका धरानको पानीमा कोलिफर्म भेटिएको भन्दै मिडियामा र सामाजिक संजालमा हंगामा भएका थिए । जस अनुसार बिष्णु चोकमा बोरिङ गरिएको पानीमा शुन्य,कोखाको पानी बिष्णु ट्यांकिमा ५,सर्दु खोलाको पानी रिजर्भेसनमा १०,खर्दु खोलाको पानी रिजर्भेसनमा १५, निशाने खोला रिजर्भेसनमा २०,फुस्रे पानी ट्याङ्किमा ३० र गौधाराको पानीमा ३५ दिसामा पाइने ब्याक्टेरिया भेटिएको सार्वजनिक गरेका थिए ।

यस अघि धरानको पानी परिक्षणमा देखिको कोलिफर्मको मात्रा श्रोत : सामाजिक संजालबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित