पहिचानका लागि युवाले कालोमोसो दल्ने भनेपछि मुख्यमन्त्री उद्धब थापा र स्वास्थ्यमन्त्री निर्मला लिम्बु धरान आउन सकेन (भिडियो सहित )

 

धरान । रेडक्रसले राखेको अन्तरक्रिया कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री उद्धब थापा र स्वास्थ्य मन्त्री निर्मला लिम्बु उपस्थित हुन सकेन ।

सोमबार बिहान ११ बजे राखिएको कार्यक्रम स्थगित भएपछि मुख्यमन्त्री थापा र स्वास्थ्य मन्त्री लिम्बु न आएको कुरा रेडक्रस धरानका शाखा अधिकृत किरणकुमार कार्कीले जानकारी दिए । कार्किले बेलुका सबै तयारी भएको कार्यक्रम स्थगित भएको जानकारी दिए । उनले डेङ्गि सम्बन्धि अन्तर्क्रीया कार्यक्रम राखिएको बताए । तर किन स्थगित भयो भन्ने कारण थाहा नभएको बताए ।

यता मुख्यमन्त्री आउने भएपछि पहिचानका युवाले कालोमोसो र कालो झन्डा देखाएर विरोध गर्ने तयारी गरेका थिए । उनिहरुले ओरदेशको नाम कोशि राख्नेमा थापा सहित ८२ जना सांसदलाई धरान प्रवेश निशेध गरिएको बताए । कालोमोसो र कालो झण्डा बोकेर पुगेका युवाहरुले मुख्यमन्त्री भेट्न पाएनन ।दुबैजना कार्यक्रम स्थगित भएपछि आएका थिएनन् । पहिचान युवाले किरण कार्कीलाई झुठो बोलेको हुनसक्ने भन्दै मुख्यमन्त्री आएको खण्ड उसैलाई कालोमोसो दल्ने चेतावनीसमेत दिए ।

त्यसपछि युवाहरु लोकतान्त्रिक चौतारी आई नाराबाजी गरेका थिए । कोशि नाम खारेज गर भन्दै गरिएको नाराबाजीपछि युवाका संयोजकले ८२ जना कोशि नाम राख्ने सांसदमा काङ्ग्रेसका उद्धब थापा पनि रहेको भन्दै प्रवेशमा रोक लगाउने बताए । नयाँ मुख्यमन्त्रीले नयाँ कुरा पहिचानका लागि ल्याउन आग्रह गरे । युवा संयोजकले अव भानुचोकमा गोरु काट्ने समेत उद्घोष गरे । गोरुको मासुबाट संस्कार गर्ने भन्दै त्यो पहिचानलाई राज्यले रोक्न नमिल्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित