धरान । भेडेटार छोटिमोरङ जग्गा काण्डको विषयमा रमेश राईलाई प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न प्रहरीलाई भनिएको छ ।
मेयर हर्क साङ्पाङले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रिहाईको माग गरिको हो ।मेय्र साङ्पाङले प्रहरीलाई जनताको पक्षमा उभिन पनि आग्रह गरिएको छ । उनले माफियाको झासामा न आउन प्रहरीलाई आग्रह गरिएको छ । प्रहरीले नागरिकलाई अनाहकमा दुख दिन खोजेको उल्लेख छ ।
यस्तो छ स्टाटस :
“रमेश राई लाई तत्काल रिहा गरी जनताको पक्षमा उभिन प्रहरी प्रशासनलाई मेरो सुझाव ! माफियाहरुको झाँसामा प्रहरी आउनु हुन्न ! अनाहकमा नागरीकलाई राज्यले दु:ख दिनु हुन्न !”
देउराली धरान ५ मा बस्दै आएका रमेश राईले छोटि मोरङको जग्गा काण्डको विषयमा पत्रकार सम्मेलन गरेको समाचारको विषयमा पर्वत राईलाई सामाजिक संजालमा व्यक्तिगत आक्षेप लगाई गालिगलौज गरिएको जनाएको छ । उनि विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा साइबर क्राईमको मुद्दा दर्ता गरेपछि आइतबार राति ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको जनाएको छ ।
Discussion about this post