धरान । हरेक शनिवार झै साउन २७ गते शनिवार श्रमबार पनि धरान भित्र बाहिरबाट बिरुवा रोप्ने श्रमदाता आएर वृक्षरोपण गरेका थिए ।
शनिबारको श्रमदानमा भारतको दार्जिलिङ बागडोग्राबाट एक गाडि वृक्षरोपण गर्न भेडेटार आइपुगेका थिए । रबिन राईले जानकारी दिए अनुसार बागडोग्रा राई समाजबाट १४ जना श्रमदानमा आएको बताए । उहाहरुले उतैबाट ल्याएको महंगोपर्ने टिकको बिरुवा रोपेको जानकारी दिए । रबिन राई बिगतमा धरानको डिपोट स्कुलमा नै पढेर जागिरको क्रममा भारत गएको जानकारी दिए । तथापि मन स्वदेशमै रहेको बताए ।
बागडोग्राबाट नै आएका बिमला राईले आफु धरानका मेयर हर्क साङ्पाङबाट प्रेरित भएर आएको बताए । सामाजिक संजाल युटुब लगायतमा देखिए जस्तै नपत्याउने खालको रहेको प्रतिक्रिया दिए । बिमला राईले यस्तो मेयर नेपालमा मात्र नभएर भारतमा समेत हुन जरुरत रहेको बताए । यस्तै जनप्रतिनिधि भए नेपाल देश बन्ने राईले बताए । देश गरिब भए पनि जनता अमीर रहेको बताए ।
त्यसैगरी मेयर साङ्पाङको कामबाट प्रभावित भएका भोजपुर जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपि सरद कुमार थापा र खोटाङ जिल्ला प्रहरी कार्यालय प्रमुख नारायण चिमुरियाले मेयर साम्पाङलाई भेट गरी वृक्षारोपण गरेका थिए । बिराटनगर पुगेर फर्किने क्रममा वृक्षरोपण भैरहेको भेडेटारको छोटि मोरङ सडक दायाँबायाँ वृक्षरोपण भैरहेकोबेला मेयर साङ्पाङलाई खोज्दै डिएसपीद्वय आएका थिए । मेयरसंग भेटेपछि दुबै डिएसपी जवान रहेकोमा खुशि व्यक्त गर्दै आफु पनि युवा नै रहेको भन्दै तिनै जनाको हाँसोको फोहोरा गुन्जिएका थिए । भेटपछि एक एक वटा बिरुवा रोपेका थिए ।
भोजपुरका डिएसपी शरद थापाले मेयरको कामको प्रशंसा गरे । स्वतस्फूर्त आएको श्रमदाताप्रति लक्षित गर्दै देशब्यापी लहर आउनुपर्ने बताए । आफुले पनि कार्यालयमा गरिए पनि धरानमा रहेको माहोल भैदिए राम्रो हुने बताए । श्रमदाताको माहोल हेर्दै बाईहार्ट आएको भन्दै बाटोमा गडि पार्किङ गर्नसम्म ठाउँ नहुने अवस्थाको मान्छे आएको तेसै होइन भन्दै प्रशंसा गरे ।
शनिबारको वृक्षरोपणमा धरान ११ संयुक्त टोल बिकास संस्था,श्याम चोक टोल बिकास संस्था,सौन्दर्य ब्याबसायी संघ लगायतका सहभागी रहेका थिए ।
Discussion about this post