संखुवासभा कारागार घटनाप्रति दलित संगठनको कार्वाहीको माग

संखुवासभा । गत साउन २३ र २४ गते संखुवासभा जिल्लाको कारागारमा मादी नगरपालिका निवासी विनोद तोलागी र नुवाकोट जिल्ला निवासी आकाश बलामीको निधन भएको प्रति मुक्ति समाज, दलित मुक्ति मोर्चा नेपाल दलित संघ, दलित मुक्ति संगठनहरुको गम्भिर ध्यानकर्षण भएको छ ।

दलित संगठनले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै कारागारमा विगतदेखी नै अवान्छित कार्यहरु हुदै आएको र त्यसैको श्रृंखलामा ज्यानै जानेसम्मका अमानवीय कार्य भएको घटनाप्रति दलित संगठनहरुले दुःख व्यक्त गरेको छ । त्यसैले कारागार प्रशासन जिल्लाका प्रहरी प्रशासनप्रति नै सन्देह प्रकट हुने गरीका दुखदायी घटना घटेको हुनाले यसको चित्त बुझदो जबाफ दिन मिल्ने गरिका छानविन प्रकृया अघि बढ्न आवश्यक सहितको माग गरिएको छ।

यस घटनाको न्यायिक छानविन गरेर यथासक्य चाडो दोषी पहिचान गरी कानूनी दायरामा ल्याएर दण्ड दिने कार्य आरम्भ गर्दै पिडित परिवारलाई राहत महशुस गराउन स्थानीय प्रशासन समक्ष दलित संयुक्त संगठनहरुले संयुक्त रुपमा जोडदार माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित