शिङ्सा / ल्होमी राज्यकोष दोहन गर्न सूचीकरण गरिएको

धरान । संखुवासभा जिल्ला ऐतिहासिक शिङ्सा क्षेत्र भोटखोला गाउँपालिका वडा नम्बर २ का सचीव दावा लामाले शिङ्सा / ल्होमि राज्यकोष रकम दोहन गर्नका लागि सूचीकरण गरिएको गम्भीर आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसमा विभिन्न समुदायले सामाजिक संजालमा फोटो भिडियो पोस्ट गर्ने क्रममा छिरिपासा थिकेपा नामको व्यक्तिले पोस्ट गरेको स्टाटसमा प्रतिक्रिया लेख्ने क्रममा यस्तो आरोप लगाएको हो । प्रतिक्रियामा उनले लेखेको छ – “भोटखोलामा भएको सिङसा/ल्होमी भन्ने जात यस ठाउका केही जान्ने बुझ्नेहरूले राज्यकोषबाट कम दोहन गर्न सुचिकृत गरेको मात्र हो । नत्र दश पुष्ते कागजातहरूहेर्दा सबै भोटे नै हो ।”

यस विषयमा तत्कालीन शिङ्सा कल्याण केन्द्र हालको ल्होमि (शिङ्साबा) कल्याण केन्द्रका पुर्व अध्यक्ष छिरिङ ल्होमिले कर्मचारी दावाले भनेजस्तो राज्यकोषको रकम दोहन नगरेको दाबि गरे । बैठकमा जाँदा समेत आफ्नै गोजिको खर्चले जाने गरेको पुर्व अध्यक्ष छिरिङले बताए । त्यसैगरी संस्थाको लेखापरीक्षण जस्ता काम व्यक्तिगत खर्चबाट गरेको बताए । यस विषयमा के हुन्छ आरोप सहे भनेजस्तो राज्यकोष दोहन गरिएको देखिन्छ नि भन्ने सवालमा पुर्व अध्यक्ष वाङ्दाबिसंग कुरा गर्ने बताए ।

पुर्व अध्यक्ष वाङ्दाबिले आफु गोलामा रहेको भन्दै त्यहाँ नेट नचल्ने भएकोले केहि थाहा नभएको बताए । नेट चल्ने स्थानमा पुगेपछि मात्र बुझ्न सकिने बताए ।

हालको भोटखोलामा बसोबास गर्नेको सरकारी कागजपत्रमा सबैको भोटे लेखिएको पाईन्छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले त्यहाँका समुदायलाई ल्होमि (शिङ्साबा) भनेर सूचीकरण गरिएको छ । यसरी विवाद भएपछि भोटे हुँ भन्नेहरू पछिल्लो समयमा बाजुरा जिल्लाको नेपाल जनजाति भोटे समाजमा आवद्ध भएको छ । सोहि अनुसार संबैधानिक आयोग आदिवासी जनजाति आयोगले प्रकाशन गरेको आदिवासीको थरहरुमा बाजुराका भण्डारी भोट,कार्कि,बुढा,कुवाँर,बोगटी,गुरुङ,सहित हालको भोटखोलाको थर थिकेपा नुप्पा लगायत समेत समायोजन गरेर प्रकाशित गरिएको छ । त्यसैगरी ल्होमि ( शिङ्साबा) को हाल रहेको थिकेपा,नुप्पा र यस भित्रका उप थर सहित प्रकाशित गरेको छ ।

२०५५ सालमा स्थापना भएको शिङ्सा कल्याङ केन्द्र जातीय सामुदायिक संस्था किमाथांकाका धर्चे नावाले गरेको तत्कालीन उनले बताएका थिए । त्यसपछि केहि समय उनका छोरा समेत केन्द्रिय कार्य समितिमा रहि संस्था संचालन भएका थिए । त्यसपछि छोङ्डुक भोटे,वाङ्दाबि भोटे र छिरिङ ल्होमिले केन्द्रिय अध्यक्ष सम्हालिसकेका छन । केहि महिनाअघि मात्र लाक्पा आङ्जुकको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमितिले कार्यभार सम्हालेका छन ।
एकजना कर्मचारीले यस्तो प्रकारको गम्भीर भ्रष्टाचारको आरोप लगाउदा तत्कालीन नेतृत्व सम्हालेकाले स्पष्ट जवाफ नदिएमा भनेजस्तै राज्यकोषबाट रकम दोहन गरेको देखिन्छ । साथै भ्रष्टाचार गरेको कसुर अनुसार सजायको भागिदार नेतृत्व तह तत्कालीन समिति हुनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित