संखुवासभा । संखुवासभा जिल्लाको कारागारमा गत साउन २४ गते रहस्यमय मृत्यु भएका कैदी बिषयलाई लिएर राजनीतिक दलले गम्भीर ध्यानाकर्षण गर्दै सत्यतथ्य छानबिनका लागि माग गरेको छ ।
संखुवासभा जिल्लाका राजनीतिक दलहरु दिपक खड्का सभापति नेपाली कांग्रेस,जीतबहादुर घिमिरे अध्यक्ष,नेकपा एमाले हेमराज घिमिरे केन्द्रीय सदस्य,नेकपा समाजवादी टेकमान राई जिल्ला संयोजक: नेकपा माओवादी रमोद श्रेष्ठ सचिव राप्रपा सीतारमण सिताराम तिम्सिना संघीय परिषद् सदस्य जसपा शेरबहादुर ढुंगाना प्रतिनिधि रास्वपाले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै बन्दीगृहमा दुईजनाको ज्यान जाने गरी भएको घटना मानवअधिकारमाथिको प्रहार ठहर गरेको छ । अप्रत्याशित र रहस्यमय घटना जनचासो र जनसरोकारको विषय भएकाले छानविन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न सरकारसग जोडदार माग गर्दछ उल्लेख छ ।
बिज्ञप्तिमा घटना छानविन गर्न केन्द्र, प्रदेश र जिल्लास्तरका तीन समितिहरु गठन भएका छन्। उक्त समितिहरुलाई निष्पक्ष छानवीनमा सघाउ पुर्याउने, सत्यतथ्य घटना बाहिर ल्याउने, अनुसन्धानलाई प्रभावकारी बनाउने र समितिको कामकार्वाहीलाई निगरानी गर्ने उदेश्यले जिल्लाका राजनीतिक दलहरु सहमत भई एक कार्यदल गठन गर्ने निर्णय गरिएको उल्लेख छ। कार्यदलको संयोजकमा नेकपा समाजवादीका केन्द्रीय सदस्य हेमराज घिमिरे लोकिनुकासाथै सबै राजनीतिक दलबाट एक/एक जना प्रतिनिधि पार्टीको सिफारिशमा सदस्य रहने जनाएको छ ।
त्यसैगरी सङ्खुवासभा जिल्ला कारागारमा विगतमा पनि केही अप्रिय र गैरकानूनी गतिविधि हुदै आएको घटना सार्वजनिक भएको थियो । पुन यो घटनाले कारागार व्यवस्थापनको कमजोरी सतहमा आएको छ। यस्ता घटना दोहरिन नदिन कारागार व्यवस्थापनको थप सुधारकालागि पनि सरकारसँग माग गरीएको छ । (तस्बिर : सामाजिक संजाल)
Discussion about this post