धरान । गत साउन १० गते गोरु काटेको कसुरमा पक्राउ परेका बिन्द्रा राई र राजन परियार धरौटीमा रिहाई भएको छ ।
बिहीवार जिल्ला अदालत सुनसरीका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले बिन्द्रा राईलाई ५ हजार र राजन परियारलाई १० हजार धरौटीमा रिहाई भएको कुरा पीडितका आफन्त येलुङहाङ राईले जानकारी दिए । गोरु काटेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानले बिन्द्रा राईको टेम्पोमा राजन परियारले काटेको गोरुको मासु सहित पक्राउ गरिएका थिए । बिहीवारको थुनछेक बहस हुँदा धरौटी माग गरि रिहाई भएका हुन ।
२०६३ सालदेखि धरानमा अन्तरीम संविधानमा धर्म निरपेक्षलाई कार्यान्वयन गर्ने भन्दै साउन ५ गतेदेखि गोरु काटिदै आएका छन । त्यसपछि मासु व्यावसायीबिच पोलझोस गरागर गर्दा केहि वर्ष अगाडि सामुहिक रुपमा १० जनालाई पक्राउ गरिएका थिए । सरोकारवालाले ईलाका प्रहरी कार्यालय घेराउ गर्दै बिनासर्त रिहाई नगरे चोक चोकमा गोरु काट्ने चेतावनी दिएपछि तत्काल रिहाई भएका थिए । त्यसबेला गोरु काट्ने रिहाई भएको भन्दै पुनः गोरु नै काटेर सामुहिक रुपमा भोज भतेर गरेका थिए ।
त्यसपछि यस वर्ष साउन १० गते दुईजनालाई बाराम्बार सूचना आएपछि पक्राउ गरिएको जनाएको छ । दुईजनालाई बिनासर्त रिहाई माग गर्दै संविधानसंग कानुन बाझिएको भन्दै ईलाका प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षणपत्र पठाएका थिए । सरोकारवालाले संविधानको आधारमा निरन्तर गोरु काट्नुपर्ने र स्वास्थ्यको दृष्टिकोणले उत्तम आर्थिक रुपमा आय आर्जनको माध्यम हुने भन्दै पुनः गोरु काट्ने अभियान थाल्ने भएको बताए ।
गोरु काटेको पक्राउको विषयमा मेयर हर्क साङ्पाङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले समेत घुमाउरो पारामा गोरु काट्ने अभियान थाल्नुपर्ने आसय व्यक्त गरेका थिए । गोरु काट्ने आन्दोलन कमि भएको मन्साय व्यक्त गर्दै निरन्तर लागे संघीय सरकार समक्ष पुग्ने आसय व्यक्त गरेका थिए ।
Discussion about this post