सभामुखलाई जानकारी नदिइ पक्राउ गरियो सांसद शर्मालाई

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ ।

तर संसद चलिरहेका बेलामा सांसदलाई पक्राउ गर्नुअघि सभामुखलाई जानकारी हुनुपर्ने भए पनि बिना जानकारी पक्राउ गरिएको पाइएको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले यो समाचार तयार गर्दासम्म ४ः१८ बजेसम्म कुनै पनि जानकारी नआएको बताएका छन् ।

सांसद शर्मालाई सीआईबीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा नियन्त्रणमा लिएको सीआईबी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित