निमा पोङ्स्युवा
धरान । ९ अगस्ट आजको दिन नेपालमा मात्र नभै संसारभर आदिवासी दिवस हर्षोल्लासकासाथ मनाएको छ ।
धरानमा नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानको आयोजनामा चुम्लुङ हिममा सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको प्रमुख आतिथ्य र अधिबक्ता तथा आदिवासीको अधिकारको लागि कानुनी अभियन्ता समेत रहेका शंकर लिम्बु प्रमुख वक्ता सहितको कार्यक्रम भएका थिए ।
पछिल्लो समयमा आएर प्रदेश १ नाम,भगवती पाण्डेको अभिव्यक्ति र गोरु काटेको विषय नेपालका भुमिपुत्र मुलबासि आदिवासीको विरुद्धमा रहेकोले कार्यक्रममा चर्चा परिचर्चा बने । मेयर हर्क साङ्पाङले धरानमा गोरु काटेको कसुरमा दुईजना पक्राउ गर्को विषयमा स्थानीय सरकारको हैसियतले ध्यानाकर्षणपत्र आएको भन्दै यो संघीय सरकार तथा कानुनसंग सम्बद्ध रहेकोे स्पष्ट पारे । नगर प्रहरी मात्र आफ्नो मातहतमा हुने भन्दै यसरी पक्राउ गर्ने संघीय सरकार गृह मन्त्रालय अन्तरगत रहेको बताए । आफु हाल अभियन्ताको रुपमा नभएको भन्दै तर घुमाउरोपारा गोरु काट्ने अभियान निरन्तर हुनुपर्ने आसयको भनाइ जोड दिदै आन्दोलन कम भएको बताए । प्रमुख वक्ता शंकर लिम्बुले कानुनी रुपमा गाईगोरु काटेकोमा मुलुकी संहिता ऐनमा ३ वर्ष जेल सजाय र ५० हजार जरिवाना रहेको भन्दै प्रहरी तीन सय रुपैयाँ जरिवाना गर्न पनि सक्ने बताए । उनले तीन वर्ष भनेको दैनिक तीन सय रुपैया रहेको भन्दै बढिमा मात्र तीन वर्ष रहेकोले एक दिनको तीन सय जरिवाना लगाउदा प्रहरीलाई केहि नहुने अधिवक्ता शंकर लिम्बुले बताए । केहि वर्ष अघिको लाहुर्निपको तथ्यांकमा गाईगोरु काटेको कसुरमा जेल सजाय भोगिरहेकोमा सबैभन्दा बढि तामाङ समुदाय रहेको बताएका थिए । धरानमा बिगत १७ वर्षदेखि धर्म निरपेक्ष कार्यान्वयन भन्दै २०६३ साउन ५ गतेदेखि काटिदै आएको छ ।
विश्व आदिवासी दिवसमा पुर्वमा विभिन्न कार्यक्रम सकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती धरान आईपुगेका थिए । हिले जाने क्रममा धरानमा पत्रकारसंगको समसामयिक विषयमा कुराकानी भएका थिए । त्यहि क्रममा नेपालका मुलबासी भुमिपुत्र आदिवासीले आफ्नो संस्कार संस्कृति गर्ने क्रममा गाईगोरु काट्दा जेल जानु परेको र अहिले धरानमा दुईजना सहित मोरङको लेटाङमा गोरु काटेको कसुरमा प्रहरीले पक्राउ गरेको विषय उठान गरेका थिए । जवाफमा मन्त्री किरातीले सबै धर्म संस्कृति बराबर रुपमा गर्नु पाउनुपर्ने बताए । तथापि यो विषय पेचिलो बनाउन बनाउन थप आन्दोलन आवस्यक भएको बताए । मन्त्री किरातीले पनि घुमाउरो पारामा लगातार गोरु काट्ने अभियान जारी हुनुपर्ने आसय प्रकट गरे । किरातीले यससंग सम्बन्धित कानुन संशोधनको लागि पहल गर्ने आश्वासन दिए ।
यसैबीच नेपालमा अतिसिमान्तकृत सूचीकरणमा रहेका ल्होमि (शिङ्साबा) समुदाय पनि अन्तरास्ट्रिय विश्व आदिवासी दिवसमा सहभागी भए । धरान,काठमाडौ,संखुवासभा खाँदवारी लगायतका स्थानमा यस समुदायले पनि सहभागी जनाए । ल्होमि शिङ्सा कल्याण केन्द्र केन्द्रिय समितिले काठमाडौमा आयोजना गरिएको आदिवासी दिवसमा भब्य रुपमा सहभागी भएको कुरा केन्द्रका महासचिव सिङ्गि हमुवाले जानकारी दिए ।उनले काठमाडौमा रहेका केन्द्रका अध्यक्ष लाक्पा आङ्जुक सेक्नेपेदेनको नेतृत्वमा विश्व आदिवासी दिवसमा सहभागी भएको जानकारी दिए ।
धरानमा महासंघका अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङको अध्यक्षतामा कार्यक्रम भएका थिए । कार्यक्रममा सुजेन्द्र तामाङ,उपमेयर आन्द्र बेघा,संजोग लाफा मगरले बोलेका थिए । कर्ण कोइचको स्वागत मन्तव्यमा १३ वटा जाति संस्थाले झँकि प्रदर्शन गरेका थिए ।
Discussion about this post