कानेपोखरीमा डेङ्गे भाइरस सङ्क्रमित को सङ्ख्या ५२ पुग्यो सङ्क्रमतिको सङ्ख्या बढदै

दिपेश सार्की

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा डेङ्गे भाइरस सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढदै गएको छ । डेङ्गो भाइरस अहिले धेरै सङ्ख्यामा मोरङ र सुनसरीमा फैलिएको छ ।

कानेपोखरी गाउँपालिकामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । अहिले कानेपोखरी अस्पतालमा डेङ्गो चेक गर्ने मानिसहरुको सङ्ख्या निकै बढदै गएको छ ।डेङ्गो भाइरस मछडको कोटाइबाट लाग्ने रोग हो ।

अहिले कानेपोखरी अस्पतालमा २२६ जनाको डेङ्गो जाँच भएकोमा ५२ जनामा डेङ्गे भारसबाट सङ्क्रमित भएको कानेपोखरी अस्पतालको प्रमुख रोहिन्द्र राज भण्डारीले बताउनु भयो । कानेपोखरी अस्पतालमा दैनिक रुपमा ४० जना जति डेङ्गे भाइरसको जाँच गराउन आउने अस्पताल प्रमुख भण्डारीले बताउनु भयो । कानेपोखरी गाउपालिकाले डेङ्गे भाइरस नियन्त्रणको लागि प्रत्येक वडामा डेङ्गे भाइरस सङ्क्रमित भएको ठाउँमा स्वास्थ्य परामर्श दिने कार्य गरेको उहाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित