दिपेश सार्की
उर्लाबारी । पछिल्लो समयमा आएर डेेेङ्गी रोगका बिरामी र आँखा पाक्ने रोगिको संख्या बढ्दै गएको छ । उर्लाबारी नगरपालिकामा अन्य पालिका नगरपालिका उपमहानगरपालिका जस्तो डेङ्गे भाइरस नफैलिएता पनि आँखा पाक्ने रोग निकैनै फैलिएको छ । उर्लाबारी नगरपालिकामा बजार क्षेत्रमा बढी डेङ्गे भाइरस र आँखा पाक्ने रोग फैलिएको छ ।
उर्लाबारी नगरपालिकामा एक हजार जनामा डेङ्गे भाइरस जाँच गरेकोमा ७० जनामा पोजिटिभ देखिएका छन ।स्थानीयलाई ७० जना र बाहिरबाट आउने २० जना गरि जम्मा ९० जनालाई भाइरस सङ्क्रमीत भएको स्वास्थ्य सह संयोजक सुरेश खड्काले बताउनु भयो । खोज र नस्ट गर अभियान चलाएर पनि हामिले डेङ्गे भाइरस नियन्त्रणमा लागेको स्वास्थ्य सह संयोजक खड्काले बताउनु भयो ।डेङ्गे भाइरस नियन्त्रणको लागि प्रत्येक वडा औषधि छर्ने काम भैसकेको पनि उहाले बताउनु भयो ।
आँखा पाक्ने रोग फैलिएको कारण आधारभुत स्वास्थ केन्द्रमा स्वास्थ शिक्षा परामर्श दिने कार्य गरेको उहाले बताउनु भयो ।
Discussion about this post