धरान । बि. स. १८३१ को सन्धिलाई लिएर बिगत १५ वर्षदेखि साउन २२ गतेलाई कालो दिनको रुपमा बन्द गराउदै आएका राष्ट्रिय जनमुक्ति पार्टी सहितको बन्द पुर्ण रुपमा ठप्प भएको छ ।
साउन २२ गते बुधबारको आह्वान गरेको बन्द अघिल्लो दिन माईकिङ पर्चा पम्प्लेट गर्दै बिहान चारै बजे टायर बालेर बन्द गरेका थिए । राष्ट्रिय जनमुक्ति पार्टी सहित संघिय लिम्बुवान पार्टी नेपाल, संघिय खम्बुवान लोकतान्त्रिक पार्टी,लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा.) लिम्बुवान राष्ट्रिय मोर्चा, किरात खम्बुवान राज्य परिषद,किरात लिम्बुवान राज्य परिषद घटकले बन्दको आह्वान गरेका थिए ।
बुधबारको बन्द धरानमा पुर्णरुपमा ठप्प रहेको छ । धरानबाट छुट्ने लामो दुरिको काठमाडौसम्म गाडि माईक्रो बन्द हुनु अघि नै छिरिसकेका थिए । बिहान ४:३० धरानको बस स्टेसन लोकतान्त्रिक चौतारीमा आएका बस आन्दोलनकारीले अनुरोध गरेपछि ग्यारेज गएका थिए । बन्द कर्ताले चार बजे नै बुद्ध चोक,लक्ष्मी चोक,भानुचोक,सेउति पुलमा टायर बालेका थिए ।
अहिले सबै सवारी ठप्प छ भने शिक्षण संस्था पनि ठप्प भएका छन । बजार सबै बन्द रहेको छ । जनमुक्ति पार्टीका केन्द्रिय सचीव बिष्णु थाम्देनले सबै क्षेत्र ठप्प रहेको जानकारी दिए । झापा मोरङ सुनसरी संखुवासभा तेह्रथुम इलाम ताप्लेजुङ ठप्प रहेको बताए । १८३१ को सन्धिको जगमा देश पुर्ण संघीयताम्क जानुपर्ने र संगसंंगै लिम्बुवान स्वायत्त राज्य हुनुपर्छ भन्ने उदेश्यले बन्दको आह्वान गरेको बताए ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपि पालुङ्बाले १८३१ को सन्धिलाई कालो दिनको रुपमा २०६६ सालबाट साउन २२ गतेको दिन बन्द गरिदै आएको बताए । गोर्खा राज्यको विस्तारसंगै स्वतन्त्र राज्य लिम्बुवान युद्ध हुँदा दुबै पक्षको हारजित नभएको बताए । यसरी दुबै पक्ष सन्धि हुँदा जालझेल गरेको दिन नै साउन २२ रहेको बताए । स्वतन्त्र लिम्बुवान जालझेलगरि गोर्खा राज्यमा गाभिएको दिन नै कालो दिन भएको बताए । पालुङ्बाले जबसम्म सम्बोधन हुदैन तबसम्म साउन २२ गते बन्द हुने बताए ।
यसपटकको बन्दमा पहिचानवादि सबै एक भएका छन । यसपटकको बन्दमा जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति,शिल्पि विषेश प्रदेश समिति,संघीय लोकतान्त्रिक राष्ट्रिय मंच लगायत विभिन्न राजनीतिक दल संघसंस्थाले साथ दिएको छ । प्रदेश १ को नाम पहिचान बिरोधि राखिएको भन्दै यस अघिदेखि नै प्रदेश १ आन्दोलनमा छन ।
Discussion about this post