दिपेश सार्की
मधुमल्ला । मोरङको मिक्लाजुङ नगरपालिकामा डेङ्गे भाईरसको बिरामी देख्न थालिएको छ । संगसंगै पालिका भित्र आँखा पाक्ने रोग निकैनै फैलिएको छ । डेङ्गि बिरामी धरानमा अत्याधिक संक्रमित भैरहेकोबेला क्रमिक रूपमा पथरी,कानेपोखरी लगातका पालिकामा फैलिदो छ । त्यसैगरी अहिले देश भरीनै आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ।
मिक्लाजुङ गाउपालिकामा अन्य पालिकामा जस्तो डेङ्गे भाइरस नफैलिएता पनि आँखा पाक्ने रोग निकैनै फैलिएको छ । मिक्लाजुङ गाउँपालिकाले डेङ्गे भाइरस जाँच निशुल्क रुपमा गराएको छ।
मिक्लाजुङ अस्पतालमा ९० जनामा डेङ्गे भाइरस जाँच गराएकोमा ८ जनामा मात्र डेङ्गे भाइरसको सङ्क्रमण भेटिएको मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्य निरीक्षक चिन्तामणी पोख्रेलले बताउनु भयो । डेङ्गे भाइरस नियन्त्रण गर्ने औषधि जिल्ला स्वास्थ्य कार्यसंग समन्वय गरेर ल्याएर प्रत्येक वडामा पठाइसकेको तथा वडा नम्बर ४ र ५ मा पठाउन बाकी रहेको जानकारी दिए । साथमा आँखा पाक्ने रोगका लागि निशुल्क औषधि बितरण गरिएको पनि उहाले बताउनु भयो ।
“डेङ्गे भाइरस नियन्त्रणको लागि हामीले मिक्लाजुङमा महामारीको रुपमा डेङ्गे भाइरस भित्री नदिने किसिमले अगाडि देखि नै पुर्व तयारी गरेर बसेका छौ” – मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले भने । पानी जम्ने खाल्डा खुल्डीहरु छन त्यसमा विशेष गरेर पुर्ने काम तथा किटनाशक औषधिहरु हान्न्ने काम भएको तथा मछड मार्ने किटनासक औसधिहरु प्रत्येक वाड वाडमा पनि पुर्याएको उपाध्यक्ष पौडेलले बताउनु भयो । आँखा पाक्ने समस्या बालबालिकामा बढी देखिएको उहाँले बताउनु भयो ।
Discussion about this post