विश्व आदिवासी दिवसमा विदा माग,प्रदेशभर २४ गते सार्वजनिक विदा

धरान । २९ औ अन्तर,विश्व आदिवासी दिवसको दिन धरान उपमहानगरपालिका भित्र सार्वजनिक विदा माग गरिएको छ ।

नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानले साउन १८ गते बसेको बैठकमा सार्वजनिक विदा सम्बन्धि प्रस्ताव गर्दै धरान उपमहानगरपालिकामा विदा माग गरेका थिए । विदाको मागलाई महासंघले मेयरसमक्ष पत्राचार गरिएको कुरा अध्यक्ष सुबास हुक्पाचोङ्बाङले जानकारी दिए । यस वर्ष २९ औ विश्व आदिवासी दिवस धरान मेयर हर्क साङपाङको प्रमुख आतिथ्य र उपमेयर आइन्द्र बेघाको विषेश आतिथ्यमा मनाउने सम्पुर्ण तयारी भएको कुरा आयोजकले जानकारी दिएको छ । धरानमा अधिवक्ता तथा लाहुर्निपका शंकर लिम्बुलाई प्रमुख बक्ताको रुपमा बोलाईएको कुरा आयोजक नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले जानकारी दिएको छ ।

विश्व आदिवासी दिवसमा प्रदेश १ मा सार्वजनिक बिदा

यस वर्षको २९ औ विश्व आदिवासी दिवसमा प्रदेश १ भर सार्वजनिक विदा दिएको छ । संघीय सरकारले २०८० सालभर दिएको सार्वजनिक विदाको अतिरिक्त प्रदेश सरकारलाई ६ दिन विदा थप्ने अधिकार दिएका थिए । सार्वजनिक,पर्व,सट्टा विदाका अतिरिक्तको रुपमा ६ दिने विदामा विश्व आदिवासी दिवसलाई पनि प्रदेश १ भरी सार्वजनिक बिदा दिएको छ । प्रदेश १ आन्तरिक कानुन मन्त्रालयले सार्वजनिक गरेको राजपत्रमा यहि साउन २४ गते परेको विश्व आदिवासी दिवसमा २०७९ साल चैत १ गतेको मन्त्री परिषदको निर्णयले विदाको तालिका सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित