संघीय लोकतान्त्रिक राष्ट्रिय मंच कमल वडा न.५ पुनर्गठन अध्यक्ष मनी यावाँ

झापा । प्रदेश न.१ को नाम बहुमतले कोशी राखे पश्चात् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्य पहिचानवादी दल र जातीय संघ-सस्थाहरुको घटकसंगको प्रदेश एक पुर्ननामाङ्कन सयुक्त संघर्ष समिति गठन गरि सडक आन्दोलनमा होमिरहेको बेला अहिले पार्टी गठ्नतिर पनि लागेको छ।

सोहि क्रममा झापा जिल्लाको कमल गाउँपालिका वडा न.५ कार्यसमिती दुईबर्ष अगी पाडाजुङ्गी चौक पतङ्गा हलमा बृहत अधिवेशन गरी निर्वाचित कार्यसमिति निष्क्रिय रहेपछि साउन २० गते तु-तुम्यहाङ सामजिरी सम्बाहाफे अध्यक्षमा प्रमुख अतिथि संघीय सदस्य कविन्द्र शेर्माको उपस्थितमा २३ सदस्यीय पुर्नगठ्न गरेको छ ।उक्त कार्यासमितीमा अध्यक्षमा मनि यावा क्रमश:उपाध्यक्ष मिना केरुङ, सचिव मिन्सोहाङ आङदेबे , कोषध्याक्ष पुना लिङदेन रहेका छन भने सदस्यहरु लासाहाङ लिङदेन ज्य्ध्वेज नेम्बाङ , अमृत चेम्जोङ ,दिपेन्द्र थाम्सुहाङ , पृथ लङवा लिम्बु ,धिरज चेम्जोङ ,विशाल लिम्बु , कमल कुमार लिम्बु ,नर कुमार गजमेर ,तेज बहादुर लावती ,हर्क लिम्बु ,पारस साउदेन ,सुनिल विश्वकर्म ,सन्त सिन्चुरी ,सुवास थेबे ,हरी चेम्जोङ ,धन बहादुर तामाङ ,खगेन्द्र आङदेम्बे रहेको छ भने एलभि कमाण्डमा फिल्ड कमान्डर विरज चेम्जोङ चयन भएको छ ।

नवचयन कार्यसमितिहरुलाई प्रमुख अथिती संघीय सदस्य कविन्द्र शेर्माले शपथ खुवाएको थिए । संघीय सदस्य सुर्य याक्पाङ्देन लगायत अथितिहरु बाट खादा ओडाई अबिरजात्रा गरेका थिए ।

राष्ट्रियगान र लिम्बुवान आन्दोलनका बिर-शहिदहरुको सम्झनामा मौनधाराणा बाट शुरु गरिएको उक्त कार्यक्रम मा स्वागत मन्तव्य सलोराम संघीय लिम्बुवान प्रान्तीय मन्च कमल गाउपालिका दितिय उपाध्यक्ष शान्ति चेम्जुङ्ले गरेका थिईन।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अथिती कविन्द्र शेर्माले अथितिहरुको भानाईलाई सारंशमा बिशुद्ध याक्थुङ पान अर्थात लिम्बू भाषामा प्रस्टाएका थिए । अतिथि प्रान्तीय सचिवालय सदस्य टंक लिम्बु , सुर्य याक्पाङ्देन, प्रान्तीय सदस्य बिरेन्द्र याक्थुम्बा, एलभि केन्द्रिय सिनियर उपकमान्डर मेण्डम मेन्याङ्बो ,जिल्ला महिला मंच सदस्य दिश्य कला थेबे पार्टीको र संगठन संगै चलिरहेको आन्दोलनको बिषय बारे आ -आफ्नो भनाई राख्दै शुभकामना मन्तव्य दिएका थिए।
अतिथिहरुमा प्रान्तीय सदस्य एवम् एलभि केन्द्रिय सिनियर उपकमान्डर , छेत्र ५ माङतोक कमाण्ड इन्चाज बसन्त राज योङहाङ , प्रान्तीय सदस्य लासङ लिम्बु , फिल्ड कमान्डर शरण बेघा लिम्बु , आइन्द्र नेम्बाङ , सुरज लिम्बु , कमल कार्य समिति सदस्य छत्र साउदेन , सोम अधिकारी लगायत उपस्थित रहेको थियो !

कमल गाउँपलिका सचिव नेत्र केरुङद्वारा सञ्चालित उक्त कार्यक्रमको अन्तिममा पालिका अध्यक्ष तेज आङ्देम्वे र सभाध्याक्ष को हातबाट पार्टीको झण्डा र खाता पाता हस्तान्तरण गरेका थिए । सभाध्यक्ष सामजिरी सम्बाहाम्फेले कमल गाउँपालिका वडा न.५ कार्यसमिति पुन:गठन गर्न विशेष भुमिका खेल्ने पालिका अध्यक्ष तेजु आङ्देम्बे लगायत सबैलाई धन्यवाद दिदै गठित नव:कर्यसमिती बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित