साउन २२ गतेको लिम्बुवान बन्दलाई जसपाको समर्थन

धरान । राष्ट्रिय जनमुक्ति पार्टीले साउन २२ गते कालो दिन मान्दै नौ जिल्ला अरुणपुर्ब लिम्बुवान बन्द गराउदै आएकोमा यस वर्षको बन्द आह्वानमा जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिले पनि समर्थन गरेको छ ।
जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम र मुख्यसचिव केदार धिमालद्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै साउन २२ गतेको बन्दलाई समर्थन जनाएको उल्लेख छ ।

प्रेस विज्ञप्तिमा लिम्बुवान पुर्नस्थापनाको आन्दोलन विगत सयौ वर्षदेखि निरन्तर चलिरहेको सबैमा जगजाहेर रहेको भन्दै नश्लीय नेपाली राज्यसत्ताले लिम्बुवानी जनताको दावी वमोजिम लिम्बुवान स्वायत्त राज्य हुनदिने भनी पटकपटक सम्झौता गर्दै धोका दिँदै आएको आरोप लगाएको छ । लिम्बुवान राज्य प्राप्तिको आन्दोलनलाई सशक्त बनाउन विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा नागरिक समाज लगायतले भूमिका निर्वाह गरिरहेको उल्लेख छ ।
वि.सं. १८३१ साल साउनमा तत्कालीन स्वतन्त्र मुलुक लिम्बुवान र गोर्खाबीच लालमोहर सन्धि भई सर्त सहित नेपाल राज्यमा वस्न लिम्बुवान राजी भएको जिउदो इतिहास रहेको जनाएको छ । तर राज्यले लालमोहर सन्धी अनुसारका शर्त र प्रतिबद्धताहरु पालन नगरेको बरु उल्लंघन गरि लिम्बुवान माथिको औपनिवेशिकतालाई झन तिव्रता दिएको जनाएको छ । त्यस्को विरुद्धमा आन्दोलन चर्किदै गएको जनाएको छ ।
लिम्बुवानको सार्वभौमिकता गुमेको दिनलाई स्मरण गर्दै राष्ट्रिय जनमुक्ती पार्टीले लिम्बुवान बन्द गर्दै आएको उल्लेख छ ।
यसपाली पनि २०८० साउन २२ गते सोमवारका दिन राष्ट्रिय जनमुक्ति पार्टीले लिम्बुवान प्राप्तिका लागि लिम्बुवान बन्द आह्वान गरेको जनाएको छ । जनमुक्तिको लिम्बुवान बन्द कार्यक्रमप्रति जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिले समर्थन र ऐक्यवद्धता जनाएको उल्लेख छ ।

साउन २२ गतेको बन्दलाई जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिका नेता, कार्यकर्ता साथै सम्पूर्ण पहिचानवादी, लिम्बुवान आन्दोलनकर्मी सबैमा लिम्बुवान बन्द सफल बनाउन भन्दै विज्ञप्ती मार्फत अपील गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित