सयपत्री फुलमा आत्मनिर्भर बन्न भन्दै धरानदेखि भेडेटारसम्म फूल रोप्यो(फोटो/ भिडियो सहित )

 

धरान । धरानदेखि भेडेटारसम्मको सडकको दायाँबायाँ सयपत्री फूलको बिरुवा ब्यापक रुपमा रोपिएको छ ।

शनिबार हरेक हप्ता जस्तै श्रमबारको रुपमा सयौंको संख्यामा आएका श्रमदाताले सयपत्री फूलका बिरुवा रोपिएको हो । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको आह्वानमा निशाने खोलाबाट शुरु भएको फूलको बिरुवा भेडेटार नजिक छोटिमोरङसम्म रोपेका थिए । विषेशगरी तिहारको समयमा भारतीय बजारमा सयपत्रीको फूलमा समेत निर्भर पर्नुपर्ने भएकोले आत्मनिर्भरको लागि पनि सडकको दायाँबायाँ फूल रोपेको कुरा मेयर हर्क साङ्पाङले बताए ।

शनिवार उदयपुर जिल्लाको गाईघाटबाट डिकुलि पाछा समाजबाट ७० जना बढि आएका थिए । त्यसैगरी इटहरीबाट बुल ११ क्लब धरानबाट सगरमाथा टोल बिकास संस्थाका ४५ जना बढि संस्थागत रुपमा आएका थिए । त्यसैगरी जन्म दिनको अवसर पारेर फुल रोप्नेदेखि काठमाडौबाट समेत ब्यक्तिगत रुपमा फूल रोप्न आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित