लालिगुराँस नगरपालिकाले जङ्क फुड पेय पदार्थ सम्बन्धि नीति कार्यान्वयन गर्दै

बसन्तपुर (तेह्रथुम ) लालिगुराँस नगरपालिकाले स्वास्थ्यमा गम्भीर असर पार्ने जङ्क फुड पेय पदार्थ निरुत्साहित गर्ने नीतिलाई कार्यान्वयनमा लगेको छ ।

लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङले बाहौ नगर सभाबाट पारित गरिएको नीतिगत निर्णयलाई कार्यान्वयन गर्नको लागि भन्दै साउन १९ गते नगरवासीलाई सुचित गरिएको जनाएको छ ।


सूचनामा विश्व स्वास्थ्य संगठनलाई उदृत गर्दै जङ्क फुड/पत्रु खाना चाउचाउ, लेज, कुरमुरे, चिप्स आदी तथा डिउ, कोकाकोला, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थको सेवन / खानाले मानिसको स्वास्थ्यमा प्रतिकुल असर हुने उल्लेख छ । यसको सेवनले क्यान्सर मधुमेह, मृगौलामा समस्या हुने जस्ता डरलाग्दा र भयानक रोगहरु लाग्ने/हुने जनाएको छ । सूचनामा लालीगुराँस नगरपालिकाको बाह्रौ नगरसभाले समेत जङ्क फूड / पत्रु खाना चाउचाउ, लेज, कुरमुरे, चिप्स आदी तथा पेय पदार्थहरु नगरबासीहरुलाई खान र विक्रि वितरण गर्न निरुत्साहित तथा न्यूनिकरण गर्ने नीति लिएको जनाएको छ । सोहि अनुसार लालीगुराँस नगरवासी सबैलाई क्यान्सर, मधुमेह, मृगौलामा समस्या हुने जस्ता भयानक र डरलाग्दा रोगहरुबाट बच्न र बचाउन आफ्नो घर, टोल, समुदाय, छिमेकमा हुने बिहे, पार्टी, व्रतवन्ध, मेलापात, काजक्रिया तथा सुधाई कार्यक्रममा जङ्क फूड / पत्रु खाना तथा पेय पदार्थ प्रयोग नगर्न नगराउनु भनिएको छ । सूचनामा सबै व्यापारी वर्गहरुमा उल्लेखित जङ्क फूड / पत्रु खाना तथा पेय पदार्थहरु विक्रि वितरणमा निरुत्साहित तथा न्यूनिकरण गर्नु गराउनु भन्दै सार्वजनिक सूचना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित