उच्चरक्तचापको कारण बाटोमा ढलेको आशंकामा एक ब्यक्तिको शब फेला

दिपेश सार्की (रोक्का)

चिसेफायु संवाददाता,श्रावण १९  लेटाङ्ग । मोरङ जिल्लाको लेटाङमा आज विहानै मृत फेला परेका ब्यक्तिको पहिचान खुलेको छ । कानेपोखरी गाउँपालिका ५ जहदा घर भई लेटाङ ८ जाँते वजारमा घर भाडामा बस्ने राम कुमारमा राई रहेका अस्थायी प्रहरी चौकी जाँतेका प्रहरी सहायक निरिक्षक रामकुमार कटुवालले जानकारी दिनुभयो ।

मृत भेटिएका राई सधै मर्निङ वाकमा जाने गरेका थिए । उनले प्रेसरको औषधी समेत सेवन गरिरहेका थिए । उच्च रक्तचापको बिरामी बिहान मोर्निङ् वाकमा निस्किने क्रममा अकस्मात ढलेर मृत्यु भएको हुनसक्ने आशंका स्थानीयले गरेको छ ।

उनको शव पोष्ट मार्टमका लागि लाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित