धरानमा खानेपानी महसुल अनलाइनबाट बुझाउने मेयर हर्क साङ्पाङबाट उदघाटन(भिडियो सहित )

 

धरान । उपभोक्ताको सेवालाई मध्यनजर गर्दै धरान खानेपानी व्यावस्थापन बोर्डले पानीको बिल महसुल अव अनलाइनबाट तिर्न सकिने प्रविधिको शुरूवात गरिएको छ ।

अनलाई बिल महसुल तिर्नको लागि भनेर धरान १६ मा रहेकोे पानीको बिल काउन्टरमा मेयर हर्क साङ्पाङबाट उद्घाटन भएको छ । उद्घाटन गर्दै मेयर साङ्पाङले भने -“सय रुपैयाँको बिल तिर्न दुई सय रुपैयाको टेम्पो चढेर आउनुपर्ने थियो अव परेन ।” धरानमा हाल तिनवटा बिल काउण्टरबाट महसुल बुझाईरहेको छ । सबै उपभोक्ताको आवस्यकतालाई मध्यनजर गर्दै बिभिन्न डिजिटल वालेटबाट बिल तिर्न सहज हुने बताए । पछिल्लो समयमा खानेपानीमा कोलिफर्म भेटिएको कुरालाई कुन स्थानबाट नमुना संकलन संकलन भएको आधार नभएको बताए । उनले यसलाई राजनीतिक गीतको संज्ञा दिए । नमुना संकलन गर्नुअघि अनुमति लिनुपर्ने र साथमा नगरपालिकाको कर्मचारी हुनुपर्ने दाबि गरे । डेङ्गि पानीबाट अनि कोखा खोलाबाट सरेको भन्ने कुराको कुनै आधार नभएको बताए । कोखा खोला १७ नम्बरको वडाबासिले खाइरहेको भन्दै अन्य वडामा कसरी डेङ्गि भयो भन्दै प्रति प्रश्न गरे । मेयरले धाराको पानी सिधै नखाई फिल्टर प्रविधि गरेर खानुपर्ने सुझाब दिए ।
खानेपानी बोर्डका निर्देशक प्राविधिक राजु पोखरेलले पानीमा नियमित शुद्धीकरण भैरहेको दाबि गरे । पानीमा क्लोरिन र फिटकिरि लगाउने काम मेयरकै निर्देशनमा भैरहेको बताए ।
पानीको महसुल अनलाइन प्रविधिबाट बुझाउन काम गरिरहेका दियालो टेक्नोलोजीमा कार्यारत प्राविधिक रोशन गौतमले पहिलोचरणमा ग्राहकको मिटर रिडिङ बिल कम्पुटराईजको शुरुआत भएको बताए । गौतमले अव हातले काटेर बिल दिने प्रविधि हट्ने बताए । केहि प्राविधिक काम हुन बाँकि रहेको भन्दै आगामी हप्ताबाट अनलाइन बिल तिर्न सकिने कुरा प्राविधिक गौतमले जानकारी दिए ।
त्यसैगरी सोहि संस्थाका जनसम्पर्क अधिकृत उत्तम खड्काले पछिल्लो समयमा धरानको खानेपानीको लागि अनलाइन बिल तिर्न सकिने कामको शुरुआत भएको बताए । कम्पनी बिभिन्न जिल्ला पालिकासंगै चितवनमा यस्ता काम सफलताकासाथ सम्पन्न भैसकेको बताए । उनले हालबाट गरिने सम्पुर्ण कामको अन्त्य भएको बताए । काउण्टरका कर्मचारीलाई केहि प्राविधिक कुरा सिकाउने काम आगामी आईतवारसम्म हुने बताए । उनले शुक्रबार वडा नम्बर १६ बिल काउण्टर काम भएको भन्दै धरानमा रहेको अन्य दुईवटा बिल काउण्टर १५ र १७ मा पनि प्राविधिक काम सकिने बताए । त्यसपछि संसारको जुनसुकै स्थानबाट एसेवा खल्ति जस्ता डिजिटल वालेट्बाट पानीको महसुल तिन सकिने बताए ।

पानीको महसुल तिर्न आएका धरान १६ एकजना उपभोक्ताले एक घण्टा लाग्ने बताए । उनले खुशि ब्यक्त गर्दै ढिलो भएको यो प्रणाली अघि नै आउनुपर्ने बताए । त्यस्तै महसुल बुझाउन आएका अर्का उपभोक्ता धरान १६ का भरत लिम्बुले एक किलोमीटरको दुरिबाट महसुल बुझाउन आएको बताए । यस बिचमा करिब एक घन्टा समय खेर जाने बताए । अव अनलाइन भएपछि सजिलो हुने भन्दै खुशि ब्यक्त गरे । काउण्टर्मा धरान १४ बिजयपुरबाट आएका उपभोक्ता बिमला पोखरेलले बिजुली अनलाइन सेवा भए पनि काउण्टर्मा आएर तिरिरहेको बताए । पानी र बिजुलि फरक समयमा मिटर रिडिङ हुने भएकोले दुईजनाले पानी र बिजुलि जिम्मा लिएर तिर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित