धरान (बिजयपुर) । धरानमा डेङ्गिले सबैलाई सताइरहेको र बिरामीको संख्या बढिरहेको बेला कोरा साइक्लिङ च्यालेन्जले चारवटा बेड हस्तान्तरण गरिएको छ ।
शुक्रवार कोराका समुह आएर धरान उपमहानगर वडा नम्बर १४ को आधारभुत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ । कोरा च्यालेन्जबाट दिपक जोशी,प्रभाव श्रेष्ठ,बिनयलाल श्रेष्ठ,कृष्ण केसि,केशर श्रेष्ठ,उमेश कुवरले संयुक्त रुपमा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
धरान वडा नम्बर १४ मा वडाबाट डेङ्गि रोगका बिरामीको लागि भनेर प्राईभेट क्लिनिकमा निशुल्क उपचार भैरहेको छ । क्लिनिकमा बेड अभाव भै भुईमा झ्यालमा सलाईन बाँधेर उपचार गराउन बाध्य भएको कुरा वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । सोहि असुबिधाजनक अवस्थालाई देखेर नै चारवटा बेड उपलब्ध गरिएको कुरा कोरा साइकिलिङ च्यालेन्जका कृष्ण केसिले जानकारी दिए । कोराका प्रभात श्रेष्ठले संकलित फण्ड वृद्धको लागि तय गरिएको भए पनि डेङ्गि महामारीले सताएको हुनाले वडा नम्बर १४ लाई प्राथमिकता दिएको बताए । अव अन्य वडामा पनि यस्तो समस्या भएको अवस्थामा सहयोग गर्ने बताए ।
उपलब्ध चारवटा बेडलाई वडा सदस्य झरना सुनुवार सहित अन्य सदस्यहरुले संयुक्त रुपमा लिएका थिए । वडा सदस्य झरना सुनुवार प्राकृतिक प्रकोप अचानक हुँदा वडाले निशुल्क उपचार गरेको बताए । तर श्रोत अभावको कारण सहज रुपमा सबैलाई सेवा दिन नसकेको बताए । वडाले गरेको कामलाई केहिले फोटो लगाएर आलोचना गरेको बताए । असुबिधाजनक अवस्थामा उपचार गरेकोमा उत्साह दिनुपर्नेमा नकारात्मक प्रतिक्रिया लेखेर निरुत्साहित बनाएको बताए ।
केहि वर्ष अघि नै उद्घाटन भएको आधारभुत स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव रहेको जनाएको छ । महामारीले थप समस्या परेको कुरा स्वास्थ्य केन्द्रका अहेव युनिषा केसिले बताए । अव उपलब्ध बेड भैसकेको अवस्थामा बिजयपुरको प्राईभेट क्लिनिकबाट स्वास्थ्य केन्द्रमा उपचार शुरु गरिने जानकारी दिए ।
Discussion about this post