रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा चालक गम्भिर घाईते

दिपेश सार्की ( रोक्का ) 

कानेपोखरी । रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ उर्लाबारीमा बुधबार एक जना गम्भिर घाईते भएका छन् ।
मे ४ प ६९५३ नम्बरको मोटरसाइकल ठोक्किदा कमल गाउपालिका ३ केर्खाका २९ वर्षिय मोटरसाइकल चालक आयुष लिम्बु गम्भिर घाईते भएका छन् ।

राती २:३० बजे ट्रकको टायर पड्केर मर्मत गर्ने क्रममा पश्चिमतर्फ जाँदै गरेको बाइक अनियन्त्रीत भई ठोक्किएर दुर्घटना हुदा लिम्बु गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित