धरान । हरेक वर्ष जस्तै यस वर्षको साउन २२ गतेलाई कालो दिन मान्दै ९ जिल्ला लिम्बुवानमा आमहडताल बन्दको आह्वान गरिएको छ ।
वि.सं. १८१४ साल श्रावण १८ गते लिम्बुवान र गोर्खा बिच भएको ताम्रपत्र सन्धिलाई लत्याउदै वि.स. १८३१ साल श्रावण २२ गते धोकापुर्ण लालमोहर सन्धि मार्फत लिम्बुवान राज्यलाई वृहत नेपालमा गाभिएको दिनलाई कालो दिन भन्दै आगामी साउन २२ गते बन्दको आवान गरिएको छ ।राष्ट्रिय जनमुक्ति पार्टी,संघिय लिम्बुवान पार्टी नेपाल, संघिय खम्बुवान लोकतान्त्रिक पार्टी,लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा.) लिम्बुवान राष्ट्रिय मोर्चा,किरात खम्बुवान राज्य परिषद र किरात लिम्बुवान राज्य परिषदले संयुक्त रुपमा बन्दको आह्वान गरिएको छ ।
ऐतिहासिक पृष्ठभूमिका आधारमा अरुण पूर्व लिम्बुवान राज्य घोषणा नभएसम्म हरेक वर्षको श्रावण २२ गते गरिने लिम्बुवान बन्द निरन्तर जारी रहने बिज्ञप्तिमा उल्लेख छ ।
लिम्बुवान राज्य घोषणा गराउन दवाव दिन, नेपाल सरकार र संघिय लिम्बुवान राज्य परिषद बिच भएको पाँच बुदे सम्झौता कार्यान्वयन गर्न र प्रदेश नं. १ को नाम कोशी खारेज गराउनका लागि २०८० श्रावण २२ गते आव्हान गरिएको एक दिने शान्तिपुर्ण लिम्बुवान बन्द कार्यक्रम सफल बनाउन सम्पुर्ण लिम्बुवानबासीमा आव्हान गर्न चाहान्छौं उल्लेख छ ।
साथै बन्दको दिन एम्बुलेन्स, कुटनीतिक नियोगको गाडी, प्रेसको गाडी, मलामी बोकेको गाडी, परिक्षार्थी बोकेको गाडी बाहेक अन्य सम्पुर्ण बजार, यातायात, शैक्षिक संस्था, कलकारखाना, उद्योग बन्द रहने जनाएको छ ।
यदि कसैले बन्दको उल्लङ्घन गरेमा हुन सक्ने सम्भावित क्षतिको जिम्मेवारी उल्लङ्घनकर्ता स्वयम्ले नै लिनुपर्ने पनि यसै अपिल मार्फत स्पष्ट पारेको जनाएको छ ।
Discussion about this post