दिपेश सार्की ( रोक्का )
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका स्थित मङ्गलबारेमा रहेको मदन भण्डारी ट्रममा डेङ्गे भाइरस सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । प्रत्येक दिन बिरामी डेङ्गेको बिरामीको चाप ट्रमा सेन्टरमा बढदै गएको छ।
अहिले हेर्ने हो भने मोरङ र सुनसरीमा अत्याधिक मात्रामा डेङ्गेको बिरामीको सङ्ख्या प्रत्येक दिन बढदै गएको छ । प्रत्येक दिन २० / २५ जना डेङ्गे रोगको जाँच गर्न आउने गरेका छन ।
डेङ्गे रोग एउटा मछडको टोकाइ बाट लाग्ने रोग हो । डेङ्गे रोग चार प्रकारको हुने कुरा चिकित्सक बताउछन् । डेङ्गे रोग सफा पानीमा पनि मछड आउदा पनि लाग्न सक्छ । यो डेङ्गे भाइरसको मछडले बिहानी समय तथा बेलुकी समयमा मात्र यसले टोक्ने ट्रमा सेन्टरका डा . बिकास अधिकारिले बताउनु भयो । एकै चोटि दुई टाइपको डेङ्गे भाइरस रहयो भने मान्छेलाई असर पनि पर्ने बताउनु भयो ।
डेङ्गे भाइरसले बढी रोगी मान्छेलाई च्यापने , डेङ्गे भाइरस कुनै उपचार पनि नरहेको डा . अधिकारीले बताउनु भयो । डेङ्गे भाइरसबाट जोगिनको लागि घर वरपर रहेको खाल्डा खुल्डी पुर्ने , सुत्ने बेलामा झुलको प्रयोग गर्ने बताउनु भयो ।ट्रमा सेन्टरमा २८५ जना डेङ्गे भाइरसको जाच गरिएकोमा ५० जनालाई डेङ्गे रोग देखिएको पनि बताउनु भयो ।
Discussion about this post