दिपेश सार्की (रोक्का)
मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा डेङ्गे भारस सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढदै गएको छ । डेङ्गो भाइरस अहिले धेरै सङ्ख्यामा मोरङ र सुनसरीमा फैलिएको छ ।
कानेपोखरी गाउँपालिकामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । अहिले कानेपोखरी अस्पतालमा डेङ्गो जाँच गर्ने मानिसहरुको सङ्ख्या निकै बढदै गएको छ ।डेङ्गो भाइरस मछडको टोकाइबाट लाग्ने भाइरस हो ।
अहिले कानेपोखरी अस्पतालमा १३५ जनाको डेङ्गो जाँच भएकोमा ३३ जनामा डेङ्गे भारसबाट सङ्क्रमित भएको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले बताउनु भयो । कानेपोखरी गाउँपालिकाले डेङ्गे भाइरस नियन्त्रणका लागि महत्त्वपूर्ण भुमिका खेल्ने तथा अब कानेपोखरी गाउँपालिका को बैठक बसेपछि डेङ्गे भाइरसलाई कसरी नियन्त्रण कसरी गर्न सकिन्छ त्यससम्बन्धि विषयलाई उठाएर समाबेश गर्ने अध्यक्ष इङ्नामले बताउनु भयो । डेङ्गो भाइरस बाट सतर्क रहन सबै जनालाई आग्रह गर्नु भयो ।
Discussion about this post