धरानमा मन्दिर चर्च काण्डपछि गोरु काण्ड चर्किदै,प्रधानमन्त्री प्रचण्डदेखि वडाअध्यक्ष मनोज भट्टराईले काट्न लगाएको आरोप(भिडियो सहित )

 

धरान । धरानमा मन्दिर अगाडि चर्च बनाएको काण्ड साम्य हुन नपाउदै गोरु काण्ड चर्किने भएको छ । गत साउन १० गते बुधबार धरान उपमहानगरपालिका वडा नम्बर १५ बस्ने राजन परियारले काटेको मासु धरान उपमहानगर वडा नम्बर ५ निवासी बिन्द्रा राई चालक भै टेम्पोमा लाँदै गरेको अवस्थामा प्रहरीले गोरुको मासु भनि पक्राउ गरिएको प्रति नेपाल आदिवासी जनजाति महासंघ र सांस्कृतिक अधिकार संरक्षण समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सरोकारवालाले नेपालको संविधानको प्रस्तावनामा बहुजातीय बहुसांस्कृक बहुधार्मिक राज्य उल्लेख गरेको भन्दै संविधानको धारा १(१) मा समेत संविधान देशको मुल कानुन हो योसंग बाझिने कानुन बाझिने हदसम्म अमान्य हुनेछ उल्लेख छ भनिएको छ । उपरोक्त कुरा पक्राउ परिएका दुईजनाको रिहाइको माग गर्दै संविधानसंग बाझिएको कानुन खारेजीको माग गर्दै इलाका प्रशासन कार्यालय धरान मार्फत गृह मन्त्रालयमा ध्यानाकर्षणपत्रमा जनाएको छ । पत्रमा नेपाल आई. एल. ओ. १६९ अन्तर्राष्ट्रिय महासंधि पक्ष राष्ट्र भएकोले आदिवासी भनिएका भुमिपुत्र मुलबासीले परापुर्वकालदेखि गाईगोरु काटेर गरिदै आएको प्रथाजनित कानुन संस्कार गर्न यो महासंधि नेपालको कानुन सरह हुनुपर्छ ।

“प्रधानमन्त्री प्रचण्ड बाबुराम भट्टराई खिमलाल देबकोटाले दश वर्षे द्वन्दकालमा नेपालका मुलबासि आदिबासीले परापुर्वकालदेखि गाईगोरु काटेर गरिदै आएको संस्कारलाई थप सहज बनाईदिएको ।उनिहरु अनि लडाकुले जन्ताको गाईगोरु काटेर खाएको ।”

ध्यानाकर्षण पत्रमा प्रधानमन्त्री प्रचण्ड बाबुराम भट्टराई खिमलाल देबकोटाले दश वर्षे द्वन्दकालमा नेपालका मुलबासि आदिबासीले परापुर्वकालदेखि गाईगोरु काटेर गरिदै आएको संस्कारलाई थप सहज बनाईदिएको उल्लेख छ । द्वन्दकालमा उनिहरुसंगै लडाकुले गाईगोरु काटेर लडाकुलाई खुवाएको र उनिहरुले पनि जनताको गाईगोरु काटेर खाएको जनाएको छ । तर संविधानमा एउटा कुरा लेखेर मुलुकी अपराध संहिता ऐनमा अर्को कुरा लेखेर मुलधारका बासिन्दालाई पक्राउ धरपकड गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

त्यसैगरी धरान उपमहानगरपालिकामा उपमेयर नेकपा माओवादीका तर्फबाट आइन्द्र बिक्रम बेघा र धरान १७ मा वडा अध्यक्ष मनोज भट्टराई जनप्रतिनिधि रहेका छ्न भन्दै माओवादी दश वर्षे द्वन्द्वकालमा गाईगोरु काटेर खान सिकाउनेमा रहेको पात्रको रुपमा लिन सकिने दाबि ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

“धरान उपमहानगरपालिकामा उपमेयर नेकपा माओवादीका तर्फबाट आइन्द्र बिक्रम बेघा र धरान १७ मा वडा अध्यक्ष मनोज भट्टराई माओवादी दश वर्षे द्वन्द्वकालमा गाईगोरु काटेर खान सिकाउनेमा रहेको पात्रको रुपमा लिन सकिने दाबि ।”

धरानमा यतिबेला जातिय धार्मिक साम्प्रदायिक भड्किने अति संवेदनशील अवस्थामा पुगेको भन्दै गम्भीरता हुन आग्रह गरिएको छ । राजन परियार र बिन्द्रा राईलाई बिनासर्त तत्काल रिहाई गर्न माग गर्दै रिहाई नगरेको खण्डमा चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ । पत्रमा यसबाट हुने जस्तोसुकै क्षतिको स्थानीय सरकार,सबै प्रशासन जिम्मेवार हुने पनि यसै ध्यानाकर्षणपत्र मार्फत जानकारी गराएको छ ।

ध्यानाकर्षणपत्र इलाका प्रशासन  कार्यालय धरान र स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङलाई बुझाएको छ । संयुक्त रुपबाट नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानका अध्यक्ष सुबास हुक्पाचोङ्बाङले बंशजको नागरिकता बोकेर अनागरीक बनाएको बताए । दुईजनाको रिहाई नगरे आन्दोलन गर्ने चेतावनी दिदै निरन्तर गोरु काटिरहनेकुरा इलाका प्रशासन कार्यालयका प्रमुख अनोज घिमिरेसमक्ष प्रष्ट राखेका थिए । सोहि कुरा स्थानीय सरकार धरान उपमहानगरका प्रमुख मेयर हर्क साङ्पाङ समक्ष पनि राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित