दिपेश रोक्का
बिराटनगर । नेपाल बिद्यार्थी संघ मोरङको आयोजनामा एक दिने नेतृत्व बिकास तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
बिराटनगरको नेपाली काङ्ग्रेसको मोरङ्को सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । नेपाली बिद्यार्थी संघ मोरङ जिल्ला भरी रहेका इकाइ समितीका पदाधिकारी तथा समितिका सदस्यहरुलाई प्रशिक्षण दिएको हो ।
बिद्यार्थीहरुको नेतृत्व बिकास तथा नेबि संघ इतिहास बारे जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरेको नेबि संघ मोरङ जिल्ला अध्यक्ष सरोज पोखरेलले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले लोकतान्त्रिक पद्तीहरु जुन बिश्वमा आएको हो त्यो बिद्यार्थीहरुले गर्दा नै आएको तथा राजनैतिक अस्थिरता भैरहयो भने देशमा परिवर्तन हुन नसक्ने उहाँले बताउनु भयो । बिद्यार्थीहरुले अध्ययनमा बढी ध्यान दिन डा कोइरालाले आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल बिद्यार्थीको इतिहास , राजनैतिक ज्ञानको कुरा, बिद्यार्थी राजनिती कसरी गर्नु सकिन्छ , आफ्नो अध्यनलाई कसरी राम्रो बनाउन सकिन्छ ? देशमा रोजगारी को अवसर कसरी सृजना गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिएको नेपाली काङ्ग्रेसका सह महामन्त्री बद्री पाण्डे तथा अर्का प्रशिक्षक नेपाली काङ्ग्रेसका नेता देवराज चालीसेले बताउनु भयो ।
Discussion about this post