धरान । नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानले डेङ्गि बिरामीको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
आइतबार धरानको लोकतान्त्रिक चौतारीमा गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको कुरा महासंघ धरानका सचीव हेमराज याक्खाले जानकारी दिए । हाल धरानमा डेङ्गिका कारण पुरै रगत अभाव भैरहेको अवस्थामा रक्तदान कार्यक्रम स्थलबाट नै ८ पिन्ट ताजा रगत लगेका थिए ।
३० औ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको पुर्वसंध्यामा समेत आयोजना गरिएको रक्तदानले रगत अभाव भएकालाई राहत मिलेको कुरा महासंघका अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङले जानकारी दिए । यतिबेला रगत अभावसंगै बिभिन्न संघसंस्थाले यस्ता कार्यक्रम गरिरहेको बताए । अर्काेतिर संक्रमित ब्यक्ति अनि औषधि सेवन गर्दैगरेको ब्यक्तिले रगत दिन नमिल्ने अवस्था भएकोले पनि एकातिर रक्तदानमा कमि आएको र अर्कोतिर रगत अभाव भएको बताए ।
अध्यक्ष सुबासंग चिसेफायुले गरेको कुराकानीमा ३० औ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसमा अधिवक्ता शंकर लिम्बुलाई प्रमुख बक्ताको रुपमा निमन्त्रणा गरिएको जानकारी दिए । उनले प्रदेश नम्बर १ को नाम पहिचान बिपरित रहेको धरानमा गोरु काट्ने दुई ब्यक्ति समेतलाई पक्राउ गरेको अवस्थामा आदिवासीको पहिचान अधिकारबारे थप कुरा जनमानसमा समेत पुर्याउन पनि शंकर लिम्बुलाई बोलाएको बताए । शंकर लिम्बु आदिवासीको अधिकार सम्बन्धि वकिल समुह लाहुर्निपको समेत प्रतिनिधि हुन ।
अन्तर्राष्ट्रिय आदिवासी दिवसमा धरान उपमहानगरका मेयर हर्क साङ्पाङ उपमेयर आइन्द्र बेघा समेतको उपस्तिथि रहने कुरा अध्यक्ष सुबासले जानकारी दिए । यस वर्षको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको नारा “आत्मनिर्णयको लागि परिवर्तनको कार्यकर्ताको रूपमा आदिवासी युवाहरु” रहेको छ । अङ्ग्रेजी महिनाको अगस्ट ९ तारिखमा मनाउने गरिन्छ ।
Discussion about this post