फलाम कुट्ने घनले मन्दिर भत्काउन तयार छ्न् दलितहरु

नबिन रम्तेल
धरान,श्रावण १३ । “आफैले बनाएको मन्दिर भित्र पस्न नपाउनु,अनेक थरीका घृणा र अपमान सहनु पर्ने हो भने आफैले बनाएको मन्दिर  घनले भत्काउन तयार छ्न् दलितहरू”  झुठा मुद्दामा निमुखा दलितहरुलाई फसाउदैं जाने हो र दलितको उठिबास लाउन कोहि लाग्दछ भने यो अपमान अब सहिन्न उक्त कुरा आज जातीय विभेद बिरुद्दको खवरदारी कार्यक्रमको सम्बोधनका क्रममा शिल्पी विशेष समितिका सह ईन्चार्ज दलमर्दन कामीले बताए।

जसपा धरानका अध्यक्ष ताजुव लिम्बुले जातीय अहंकार नत्यागे त्यसले ठूलो दुर्घटना निम्त्याउने र बझाङ्ग घटनामा ज जस्ले घर भत्काए उनिहरुलाई राज्यले हदैसम्मको कडा कारबाही गर्नुपर्दछ र घर पुनः निर्माण गरिनु पर्दछ।यदि कसैमा जातीय अहंकार छ भने त्यागेर सुन्दर समाज निर्माणका लागि साथ र सहयोग गरिदिन अपिल समेत गरे।

धरानको भानुचोकमा सम्पन्न उक्त कार्यक्रममा बझाङ जिल्लाको बित्थडचिर-७ मा भएको घटना तथा पछिल्लो समयमा झुठा मुद्दामा फसाईएका दलितहरुको रिहाईको माग गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ।

घटना विवरण अनुसार बझाङ्ग जिलाको वित्थडचिर गा.पा.वडा नं ७ बस्ने दलित थरका पुड्के ओखेडाले बिगत  २५ बर्षदेखि भोगचलन गर्दै आएको आफ्नै जग्गामा आधाउधी बनिसकेको घर त्यहाँका उपल्लो जातिका मानिसहरूले दलित भएकै कारण तथानाम गाली गलौज गरि बालीनाली समेत नष्ट गरि तलाई हामी भन्दा माथी बस्ने अधिकार छैन भन्दै गाउँ नै मिलेर घर पूर्ण रुपमा नष्ट गरिदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र ६० लाख शिल्पी दलित समुदाय माथी भएको अन्याय अत्यचारको घोर निन्दा प्रेस बिज्ञप्तिमा उल्लेख छ।

दलित समुदायका ओखेडा परिवार लगायत देशैभरी भैरहेका जातीय छुवाछूत  तथा विभेद,झुठा मुद्दामा फसाउने,हत्या हिंसा शृङ्खलाबद्ध  रुपमा घटाईनु खेदजनक रहेको सचिव शशीकुमार विश्वकर्मा र अध्यक्ष नरेश विश्वकर्माद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा जनाईएको छ।

जनता समाजबादी पार्टी नेपाल,शिल्पी विशेष समिती,प्रदेश १ को पहलमा सम्पन्न उक्त कार्यक्रममा मिजार सेवा समाज सुनसरीका अध्यक्ष बिजय अछामी,दलित अभियन्ता भविन विश्वकर्मा,दलित अभियानकर्मी सुमन गहतराज,मंगोल नेशनल अर्गनाइजेसन धरान सदस्य  सृजना लिम्बुले समेत सम्बोधन गरेका थिए।

शिल्पी विशेष समिती,प्रदेश १ का सचिव शशीकुमार विश्वकर्माले संचालन गरेको खवरदारी कार्यक्रममा  जसपा  बिध्यार्थी मोर्चा,मिजार समाज सेवा,मिजार समुदाय महासंघ १ नं प्रदेश समितिको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित