गोरु काटेको अभियोगमा दुईजना पक्राउ,बिनासर्त रिहाई नगरे आन्दोलन गर्ने चेतावनी

धरान । धरान उपमहानगरपालिकामा गोरु काटेको अभियोगमा दुईजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगर वडा नम्बर १५ बस्ने राजन परियार र धरान ५ बस्ने बिन्द्रा राईलाई प्रहरीले पक्राउ गरिको कुरा स्थानीयले जानकारी दिए । पक्राउपछि ईलाका प्रहरी कार्यालयमा राखि बिहिवार म्याद थप गर्नको लागि जिल्ला अदालत सुनसरी लगिएको बिन्द्रा राईको आफन्तले जानकारी दिए ।

बुधबार राजन परियारले राँगाको मासु काटेर बिन्द्रा राईको टेम्पोमा बोकाएको अवस्थामा गोरुको मासु भनेर पक्राउ गरिएको बिन्द्राका आफन्तले जानकारी दिए । बिन्द्रा राई टेम्पो चालक भएकोले सामान छ भनि बोलाएर पुर्‍याउन जानेक्रममा पक्राउ परेको राईका आफन्तले जानकारी दिए ।

गोरु दिवसमा गोरु चिन्तन पुस्तक विमोचन गरिदै

 

बिहिवार गोरु काटेको अभियोगमा पक्राउ परेका दुईजनालाई रिहाईको माग गर्दै इलाका प्रहरी कार्यालय धरान सरोकारवाला पुगेका थिए । तर दुबैजनालाई म्याद थप गर्न अदालत लगेको कुरा नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानका अध्यक्ष सुबास हुक्पाचोङ्बाङले जानकारी दिए । बिहिवार ईलाका प्रहरी कार्यालयमा डिएसपीसंग छलफल भएको भन्दै पोलझोस भएकोले पक्राउ गरिएको कुरा प्रहरीलाई उदृत गर्दै अध्यक्ष हुक्पाचोङ्बाङले जानकारी दिए ।डिएसपीले रिहाईगर्ने आश्वासन दिएको भन्दै तत्काल बिनासर्त रिहाई नगरे आन्दोलन गर्ने चेतावनी अध्यक्ष हुक्पाचोङ्बाङ बताए । बिनासर्त रिहाई नगरेको सामुहिक गिरफ्तारीसंगै चोक चोकमा गोरु काटेर बिरोध प्रदर्शन गर्ने चेतावनी दिए । बुधबार आदिवासी जनजाति नगर धरानका विभिन्न जातिय संस्थाका प्रतिनिधि,एकीकृत नागरिक उन्मुक्ति पार्टीका अमर इजम, एमएनओका दिनेश बान्तवा,नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई,कलाकार विष्णु मोक्तान लगायत वडा नम्बर ५ का स्थानीयको सहभागी रहेका थिए ।

धरानमा अन्तरीम संविधान जारीसंगै त्यहाँ लेखिएको धर्म निरपेक्षलाई कार्यान्वयन गर्ने भन्दै १७ वर्ष अघि साउन ५ गतेदेखि गोरु काट्न थालिएका थिए । त्यहि दिनको स्मरण गर्दै सांस्कृतिक अधिकार संरक्षण समितिले हरेक साउन ५ गते गोरु काटेर तिनपाने रक्सी सहित गोरु दिवस मनाउदै आईरहेका छन ।

केहि वर्ष अघि धरानमा गोरु काटेको अभियोगमा १० जना पक्राउ गरेका थिए । आन्दोलन गर्दै एक सातामा रिहाई भएका थिए । रिहाईसंगै पुनः गोरु काटेर नै बिजय उत्सब मनाएका थिए ।

गाईगोरु मुस्लिम समुदायले इदको बेला कुर्वानी दिएर भव्य रुपमा मनाईन्छ । त्यसैगरी नेपालका आदिवासी भनिएका भुमिपुत्र मुलबासी सबैले गाईगोरु काटेर पितृ बुझाउने बिहे संस्कार परापुर्व कालदेखि गरिदै आएका छन ।

गोरु दिवसमा गोरुको मासु र तिनपाने रक्सि खाएर उद्घाटन गरिदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित