जनता समाजवादी पार्टीको सप्ताहब्यापी डेङ्गि नियन्त्रण धरान १५ मा पुग्यो

धरान । जनता समाजवादी पार्टीले केहि दिन अगाडिदेखी थालिएको डेङ्गी रोग नियन्त्रण अभियान वडा नम्बर १५ पुगेको छ ।

जनता समाजवादीले गत बिहीवारदेखि थालिएको खोज र नष्ट गरको अभियानको छैटौं दिन धरान उपमहानगर वडा नम्बर १५ का बिभिन्न स्थान टोलमा गरिएको कुरा जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको अध्यक्ष ताजुप लिम्बुले जानकारी दिए ।

धरान उपमहानगर वडा नम्बर ११ बाट थालिएको अभियान वडा नम्बर १२,१७ हुँदै मंगलबार वडा नम्बर १५ पुगेको जनाएको छ । बुधबारदेखि धरान ९ नम्बरमा अभियान थाल्ने बताए । सचेतनामुलक कार्यक्रम सहित सर्च एण्ड डिस्ट्रोए अभियान सगै विरामीलाई सिटामोल समेत वितरण गर्दै आएको जसपा धरान अध्यक्ष ताजुब लिम्बुले वताए । उनले पार्टी धरान नगरलले निर्णयनै गरेर जनस्वास्थ्यलाई मध्यनजर गर्दै अभियान थालेको जानकारी दिए । ‘अभियान अन्तर्गत हामीले लार्भा मार्ने तथा जमाएर राखेको पानी फाल्ने गर्दै आएको छौ’ उनले भने –‘लार्भा तथा डेङ्गी सक्रमण गर्ने मच्छड मार्नुका साथै डेङ्गीवाट कसरी बच्न सकिन्छ भन्ने पर्चा समेत बाडिरहेका छौ ।’ उनले धरानका सबै वडाहरुमा पार्टीले डेङ्गी महामारी रोकथाम तथा नियन्त्रण अभियान २०८० सञ्चालन गर्ने जानकारी दिए । अभियान अन्तर्गत डेङ्गी सक्रमितहरुलाई १ सय ४० फायल सिटामोल समेत वितरण गरिएको वताए । गत बैसाखवाट धरानमा सुरुभएको डेङ्गी महामारीको कारण हाल सम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ हजारको हाराहारीमा सक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित