धरान । बहुजातीय बहुभाषिक समुदाय रहेको धरानमा बहुभाषिक बिद्यालयको भवनको शिलान्यास भएको छ ।
मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर १६ को नौलो बस्तिमा शिलान्यास गरिएको छ । भवन शिलान्यास मेयर हर्क साङ्पाङबाट भएको हो । सो बहुभाषिक बिद्यालयको भवन २ करोड ६५ लाख ३५ हजार १ सय ८४ रुपैयाँ ४२ पैसाको लागतमा निर्माण हुने भएको हो । भवन निर्माण गर्ने जिम्मा दिपादिल कन्ट्रक्सनले लिई सम्झौता समेत भैसकेको जनाएको छ । भवन निर्माण आगामी २०८१ साउनसम्ममा सम्पन्न गर्ने गरी काम अघि बढेको कुरा उपमहानगरका इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । नौलो प्रकारको डिजाइनमा १२ मिटरको गोलाईभित्र दुईतले भवन बनाइने कुरा इन्जिनियर श्रेष्ठले बताए । “भवन डिजाइनमा प्रत्येक वडामा विशेष किसिमका संरचना निर्माणमा आफू लागिपर्नेछु” मेयर साम्पाङले भने । यस बहुभाषिक भवन निर्माण गर्नका लागि धरान उपमहानगरको कार्यपालिका बैठकमा इन्जिनियर सुरज श्रेष्ठले पेश गरेका थिए । त्यसपछि १३ औं नगरसभाले पारित गरेको हो । बहुभाषिक बहुजाति भएको धरानमा विभिन्न भाषा लिपिको संरक्षण बिकास गर्ने उद्देश्यले धरान १६ मा बहुभाषिक विद्यालय निर्माण तथा सञ्चालनको लागि स्वीकृत भएको हो ।
धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले सो स्थानमा पार्क, स्वास्थ्य चौकी, प्रहरी चौकी साथै बहुभाषिक विद्यालय निर्माण हुनु खुशीको कुरा भएको बताए ।बिद्यालय निर्माणपछि लोपोन्मुख भाषा लिपिको संरक्षण हुने बिश्वास लिएको छ । बिश्वमा भाषा लिपि लोप भैरहेको अवस्थामा यस बिद्यालयले ठुलो टेवा मिल्ने आशा गरिएको छ । पाठशाला निर्माण भएपछि पर्यटन क्षेत्रमा थप टेवा पुग्ने प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले बताए । धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले सो स्थानमा पार्क, स्वास्थ्य चौकी, प्रहरी चौकी साथै बहुभाषिक विद्यालय निर्माण हुनु खुशीको कुरा रहेको बताए ।
Discussion about this post