धरान । धरानमा बिगतको वर्ष जस्तै यस वर्ष पनि डेङ्गि फैलिएपछि मेयर हर्क साङ्पाङ उपमेयर आइन्द्र बेघा धरान १६ का वडाअध्यक्ष सहित लामखुट्टेको गुँड भत्काउन उत्रिएका छन ।
मेयर हर्क साङ्पाङ यस अघि पनि आफै धुँवा लगाउदै हिँडेका थिए । त्यसैगरी धरानका टोल विकास संस्थाका प्रतिनिधिहरुलाई नगरपालिकामा बोलाएर लामखुट्टेले फुलपार्ने संभावित नष्ट गर्न निर्देशन दिएका थिए ।
मेयर साङ्पाङ सोमबार धरान उपमहानगरपालिका वडा नम्बर १६ को पुलचोक प्रगति मार्ग सुनौलो बस्ती क्षेत्रमा खोज र नष्ट गर अभियानमा लागेका थिए । स्थानीयलाई समेत लिएर घरमा जम्मा भएका पानीमा लामखुट्टेका लार्भा हेर्दै पानी पोखाउदै गरेको थियो । साथमा धुँवा पनि लगाउने काम गरेका थिए ।
चोक चोकमा स्थानीयलाई भेला पारेर जनचेतना सम्बन्धि कुरा बताएका थिए । पानी थापेर राखे पनि तत्काल प्रयोग गर्ने, पानीको मुख छोपेर राख्न सबैलाई आग्रह गरेका थिए । वडा नम्बर १६ को पुलचोक आसपासमा डेङ्गिको बिरामी अधिक रहेको पाईए । स्थानीय सनबहादुर तामाङलाई डेङ्गिले भेटेको बताए । ऊनी बिपि क्याम्पमा उपचार गराएको बताए । स्थानीय सम्भु तामाङले आफुलाई केहि दिन मात्र ज्वरो आएको तर खाएर पचाएको जानकारी दिए । उनले मेयर सहित जनप्रतिनिधिप्रति कुनै गुनासो नभएको बताए । आफै सचेत हुनुपर्ने धारणा दिए । उनले वडा सदस्य समेत नजिकै रहेको भन्दै सबैले सचेतना सम्बन्धी कुरा गर्ने गरेको बताए । सुनौलो मार्गका भगवती थापामगर र जीतबहादुर मगर दम्पतीले डेङ्गि थाहा नभएको भन्दै सामान्य ज्वरो आएपनि बेसार पानी खाने गरेको बताए । मेयर साङ्पाङले कता कता हेर्न भ्याउने भन्दै चारैतिर काम रहेको बताए । मेयरले पानीको ब्याबस्थापन गर्न ब्यस्त भएको भन्दै आफ्नो स्वास्थ्यको लागि आफै लाग्नुपर्ने प्रतिक्रिया दिए ।
१६ का वडाअध्यक्ष मुरारी भट्टराईले भगवती स्कुलमा दुईजना विद्यार्थी ज्वरो आएर बिरामी भएको बताए । अर्को एउटा स्कुलले लामखुट्टेबाट डेङ्गि हुन्छ भन्ने आधार के छ भनेर स्वास्थ्यकर्मिमाथि अभद्र व्यावहार गरेको बताए । उक्त शिक्षकको बारे सम्बन्धि प्राध्यापकलाई सचेत गराएको बताए । उनले धुवा लगाउने कामले स्वास्थ्यमा असर पार्ने भन्दै लामखुट्टेको गुँड भत्काउनु नै डेङ्गिबाट बच्ने राम्रो उपाय भएको बताए ।
उप मेयर आइन्द्र बेघाले खोज र नष्ट गर्ने क्रममा जहाँ सफा छ त्यहाँ लार्भा नभेटीको र बिरामी पनि नभएको बताए । बेघाले पाँच दिनमा पानी फेर्न आग्रह गरे । उनले मेयरको नेतृत्वमा वडा अध्यक्ष लगायत स्वास्थ्य महाशाखाका कर्मचारी लगायत खोज र नष्ट गर अभियानमा लागेको जानकारी दिए ।
मेयर साङ्पाङले विद्यालयका विद्यार्थी परिचालन नगरीएको चुपो लागेर बसेकोमा अचम्म लागेको बताए । बिद्यालयले विद्यार्थी परिचालन नगरेसम्म सम्भव नहुने बताए । मेयर साङ्पाङले सोमबार सियोन र लिगामेन्टलाई भन्न लगाएको भन्दै दुबै बिद्यालय बन्द रहेको बताए । उनले आगामी दिनमा सबै बिद्यालयले विद्यार्थी परिचालन गर्नुपर्ने बताए । अघोल्लो पटक डेङ्गि लागेको ब्यक्तिलाई यसपटक लागे ज्यान जाने खतरा रहने बताए । साङ्पाङले लाम्खुट्टेलाई जितिने र जितेर छाड्ने बताए ।
Discussion about this post