प्रकाश सपुतको दमाई राजा सार्वजनिक

दिपेश रोक्का
श्रावण ७,काठमाडौ । प्रकाश सपुतको नयाँ गीत दमाई राजा सार्वजनिक भएको छ । गत शुक्रवार काठमाडौमा औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
सपुतका अघिल्ला सृजनाहरु जस्तै यो पनि सृजनाले पनि छोटो समयमै युटुबको शिर्ष स्थान कब्जा गर्न सफल भएको छ भने भ्युज दुई दिनमै बीस लाख बढि रहेको छ ।
प्रकाश सपुतको शब्द संगित , स्वर भजन गायिका शान्तीश्री परियारले स्वरमा साथ दिएकी छिन । म्युजिक भिडियोमा अन्जली अधिकारी , गरिमा शर्मा , गिता ढुंगाना , प्रभातपाल ठकुरी , सुनिल बिक लगायतको नृत्य तथा अभिनय रहेको छ । मानकृष्ण महर्जन र दिनेश पराजुलीको छायांकन रहेको छ । र भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका थिए ।
प्रकाश सपुतको ´ दमाई राजा ` ´ गलबन्धी ´ र बोलमाया को गित भाग २ भनिएको छ । सपुतका अघिल्ला सफल गित ´ सकम्बरी´मा दोहोरी साझको विकृती उठाएको सपुतले ´ दमाई राजा ´मा जातीय विरुद्धको भेदभाव विषय उठाएका छन ।
गायक प्रकाश सपुतले यो साल आफ्ना सृजनामा जातिय भेदभाव विरुद्धसंग सम्बन्धित रहने उदघोस गरेका थिए । उनी अभिनित पहिलो फिल्म ´ परदेशी २ ` कार्तिक ३ गते दशै मा प्रदर्सन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित