निमा पोङ्स्युवा
धरान । पहिचानको आन्दोलनसंगै संविधानलाई कार्यान्वयन गर्ने क्रममा धरानमा मुलबासी आदिवासी भुमिपुत्रहरुले १७ औं सांस्कृतिक अधिकार दिवस तथा गोरु दिवस मनाएको छ ।
साउन ५ गते धरानमा सांस्कृतिक अधिकार समितिको आयोजनामा १७ औ अधिकार दिवस अर्थात गोरु दिवस मनाएको थियो । नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद सुनसरी जिल्ला समन्वय परिषद अध्यक्ष राम मान्डुपाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रवोध साप्ताहिकका सम्पादक लम्जेल संघर्षशिललाई भुमिपुत्र आदिबासीको हक अधिकारको लागि कलम चलाएको भन्दै नगद पाँच हजार सहित समान गरिएको थियो । त्यसैगरी गाईगोरु काटेर गरिने सांस्कृतिक संस्कार सम्बन्धीको संकलित लेख रचनाको संगालो गोरु चिन्तन पुस्तकको समेत विमोचन गरेका थिए । उक्त पुस्तकलाई अभियन्ता तथा नेपाल पत्रकार महासंघ सुनसरी जिल्लाका अध्यक्ष जनक ऋषि राईद्वारा सम्पादन संकलन प्रकाशन गरिएका थिए ।
कार्यक्रममा भुमिपुत्र आदिवासी पहिचान्बादि अभियन्ताहरुको सहभागी रहेका थिए । सहभागीले गाई वा गोरु कुनै धार्मिक तथा समुदाय विरुद्ध नगरेको स्पष्ट पारे । मुलुकि ऐन १९१० सालको कानुनलाई अहिलेसम्म निरन्तरता दिएको भन्दै एकल जातिय बाहुन हिन्दुको दमन भएको बताए ।
धरानमा २०६२/६३ को जन आन्दोलन र अन्तरीम संविधानमा धर्म निरपेक्ष लेखिएपछि गैर हिन्दुले अब्जेक्सन गरेका थिए । धरान उपमहानगरले तत्कालीन अवस्थामा साउन महिना सोमबार काटमार नगर्न भनेर माईकिङ गर्दा पहिचानबादिले माईक गाडि जफत गरेका थिए । सोहि अनुसार धरामना गैर हिन्दु भन्दै गोरु काट्न शुरु गरेका थिए । त्यहि साउन ५ गते गोरु काट्ने अभियानलाई निरन्तरता दिदै सांस्कृतिक अधिकार समिति गठन गरि गोरु काट्नेलाई राज्यले पक्राउ गर्ने विरुद्ध रिहाई गर्ने कानुनी लडाई लड्ने काम निरन्तर भैरहेको छ । यस बिचमा अभियानमा सघाउने पत्रकार बुद्धिजिबिलाई सम्मान गर्दैआएको छ ।
कार्यक्रम सांस्कृतिक अधिकार संरक्षण समितिका अध्यक्ष सुबास हुक्पा चोङ्बाङको अध्यक्षतामा भएका थिए । कार्यक्रमलाई समितिका सचीव मनोहर शाक्यले संचालन गरेका थिए । कार्यक्रममा व्यापक रुपमा गोरुको मासु र तिनपाने रक्सि उपस्थित पाहिनालाई खुवाएका थिए ।
Discussion about this post