धरान तरहरा पुलमा गोली प्रहार भएका रोहित चौधरीको मृत्यु

दिपेश रोक्का
तरहरा (सुनसरी) । धरान तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहारबाट रोहित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारकालागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोकोमा उपचार हुन नसकेर मृत्यु भएको हो । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको छ ।
धनकुटाको मुलघाटबाट विराटनगर आउँदै गरेका विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीमाथि सडकमा हतियारधारी समूहले आक्रमण गरेको थियो । गोली प्रहार गरी लुटपाट गरिएका चौधरीको साथबाट मोबाइल र पैसा लुटेर फरार भएको प्रहरीले जनाएको छ। तीन जनाको समूहमा आएका लुटेरा मध्ये २ जनासँग खुकुरी र एक जनासँग पेस्तोल रहेको मृतक चौधरीसँगै रहेकी सुमना खत्रीले प्रहरीलाई जानकारी गराएको छ।

खत्रीको अवस्था सामान्य छ । प्रहरीका अनुसार घटना साँझ साढे ५ बजे तिर भएको हो । उनीहरु मोटरसाइकलमा इटहरीतर्फ आइरहेको बेला यो घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित