कमल केर्खा बजारमा याक्थुङको पहिचान “सिलाम साक्मा ” स्थापना

बसन्तराज सुब्बा
झापा । झापा जिल्लाको कमल गाउँपालिकामा याक्थुङ लिम्बु जातिको मुन्धुम अनुसार मौलिक पहिचान बोकेको प्रतिक “सिलाम् साक्मा” एक औपचारिक कार्यक्रमका बिच कमल गाउँपालिका ३ केर्खामा स्थापना गरिएको छ ।

साउन २ गते विधिवत रुपमा स्थापना गरिएको सिलाम् साक्मा उद्घाटन कार्यक्रम निर्माण समितिको संयोजक गोपाल साम्रा को अध्यक्षतामा प्रमुख अतिथि किराँत याक्थुमङ चुम्लुङका केन्द्रिय सदस्य चन्द्रकला लिम्बु , विशेष अतिथि याक्थुङ युवा मन्चको केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङ्गोले अनावरण गर्नु भएको थियो ।

किराँत याक्थुमङको मुन्धमअनुसार पृथ्वीतलमाथि मुख्य नौ देवलोकहरु भएकाले देवताको थान वा आराधनास्थल बनाउँदा नौ तला , सात तला बनाई पुजा अर्चना गर्ने परम्परा लिम्बु जातिहरुको प्रचलित रीतिमा पाईन्छ ।
पृथ्वीदेखी माथिका देवलोकमा पृथ्वीलोक, आत्मालोक,आकाशलोक, न्यायलोक, सत्यलोक, उज्ज्वललोक, तपलोक,पवित्रलोक बैकुण्ठलोक रहेका छन् । त्यसलाई लिम्बु समुदायमा जन्मदेखी मृत्युसम्म विभिन्न तिनै नौ लोकका आधारमा संस्कार मनाईने परम्परा रहेको छ । यिनै नौ ग्रहको पुजा गर्ने विधिविधान रहेको र तिनै नौ ग्रहलाई एकमुष्ट भन्दा सिलाम् साक्मा नामले बोलाउने गरिएको सिलाम् साक्मा बारे किराँत याक्थुमङ चुम्लुङका जिल्ला प्रमुख सल्लाकार सुर्यप्रसाद लिम्बुले बताउनु भयो ।
सिलाम् साक्मा भएको स्थानमा कुनै पनि गलत काम हुदैन भन्ने जनविश्वस समेत रहेको लिम्बुले बताउनु भयो ! कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती चन्द्रकला आङ्देम्वेले आफू लिम्बु /याक्थुङ भाषा खासै बोल्न नआए पनि संस्कार सस्कृती जगेर्ना गर्नुपर्छ भन्ने कुरामा आफू लागिपर्दै आफ्नो समुदायको मातृ संस्था किराँत याक्थुङ चुम्लुङमा अहिले केन्द्रिय सदस्य भएर पनि यसरी सबै माझ कुरा राख्न पाएको भन्दै केर्खा बजारको चौकमा सिलाम साक्माको स्तम्भ स्थपना गरेकोमा सम्पुर्ण अभिया टोली र जुट्नु हुने सबैलाई धन्यवाद दिएकी थिईन। त्यस्तै बिशेष अथिती याक्थुङ युवा मञ्च केन्द्रिय अध्यक्ष राजेन्द्र इधिङ्गोले केर्खामा याक्थुङ लिम्बु समुदायहरुको मौलिक प्रतीक सिलाम साक्मा आम याथुङ्हरुको प्रत्यक्ष सरोकार रहेपनी कसैले यस्को स्तम्भ गाड्न नसकेको बताए । सबैभन्दा ठूलो सिलाम साक्मा खडागर्ने याक्थुङ युवा मञ्चको उदेश्य भएको भए पनि यो केर्खावासिहरुले पुरागरेको भन्दै आयोजक समितिलाई धन्यवाद दिएका थिए। कार्यक्रममा प्रत्येक वडाबाट च्याबुङ टोली उपस्थित थिए भने कमलदेखि अन्य ठाउँहरुबाट सहभागिता रहेको थियो । सिलाम साक्मा निर्माणका लागी सहयोगी दाताहरुमा कमल ३ बाट गौरीमान फागो बिजय आङबुहाङ १० हजार ,अर्जुन मेन्याङबो ७५१० /-नरेन हाङ्ग लिम्बु रु ५५५५ /- प्रकाश आङबो रु५५०० /-, छत्रहाङ फागो ५०००/-,सुर्य प्रसाद लिम्बु( कमल ४ ) – ५००० /-, मन कुमार थलङ( कमल ३ ) – ५०००/-, कमल कुमार फागो( कमल ३ )- ५००० /-,बसन्त राज सुब्बा – ५०००/-, चन्द्र फागो रु५०००/- प्रेम मेन्याङबो रु. ५००० /-,आशा लिम्बु राई रु५००० /-,अशोक कुमार लिम्बु ( कमल २) – ५००० /-,रन्जन सुब्बा ( कमल ३) – ५००० /-, दिल बहादुर लावती ( कमल ३ ) – १०००/- र दिप चन्द्र लिम्बु निर्माणका लागि आवश्यक सामग्री सहयोग गरेको छ ।

मतव्य क्रममा अतिथि बौदिक सामाजिक व्यक्तित्व ज्ञानु इम्बुङ , कमल प्रमुख सल्लाकार बलनाथ नाल्बो , कविन्द्र शेर्माले आ आफ्नो भनाई राखेको थियो ।

अतिथिहरुमा झापा जिल्ला प्याप्सनका अध्यक्ष गौरी मान फागो , याक्थुङ चुम्लुनङ जिल्ला सदस्य मन कुमार थलुङ , इन्द्र सोदेम्बा , दिव्या लिम्बु , चुम्लुङ कमल अध्यक्ष दिवश लिम्बु , सामाजिक व्यक्तित्व छत्र हाङ फागो , गौरी चापागाई लगायत उपस्थित रहेका थिए ।

बिरेन्द्र कुमार याक्थुम्बा (शुवास)द्वारा सञ्चालित कार्यक्रममा उपस्थितहरु माझ समिति सचिव आशिष लेछर्बोले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष गोपाल शेर्माले हामी याक्थुङ लिम्बू समुदायहरुमा प्रयोग गर्दै आएको सिलाम साक्मा यसको बारेमा बुझ्ने हो भने सबै समुदायहरुमा पनि तेतिकै अर्थपूर्ण रहेको हुने भएकोले केर्खामा स्थापना भएको बताए । यो स्थापना हामी सबैको लागी खुशीको कुरा हो उनले भने । यस्लाई निमार्ण कार्यमा आर्थिक सहयोग गर्ने महानुभाभ्वहरु अभियन्ताहरु सहभागी कलाकार र कार्यक्रम भव्य रुपमा सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सबैलाई धन्यवाद दिदै समितिले फेरि पनि यस्ता काम गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित