इटहरी । ईटहरी उपमहानगरपालिका वडा न. २० तरहरामा सिंहदेवी ज्वेलर्सका दिपक विकद्वारा संचालित सुन पसलमा श्रम गरेर परिवार पाल्दै आएका मालिकले करोडौं ठगी गरेकोमा गरिब भएकै कारण मालिकले गरेको दोषमा विगत ८ महिनादेखि कारागारमा रहेका लालबहादुर विककाे न्यायकाे लागि माग गर्दै सुनसरी जिल्ला अदालत र न्यायधिश निर्मला याेङ्या विरुद्ध नारावाजी भएकाे छ ।
जसपा शिल्पी/दलित विशेष समिति प्रदेश १ले आयोजना गरेकाे लालबहादुर विककाे न्यायका लागि खबरदारी कार्यक्रममा उपस्स्थित सयाैँकाे संख्यामा रहेका प्रदर्शनकारीहरुले हात-हातमा प्लेकार्ड,झण्डा र ब्यानर सहित न्याय दिलाउन नसक्ने न्यायालय मुर्दावाद ! लालबहादुरलाई फसाउने न्यायाधिश निर्मला याेङ्या मुर्दावाद !लालबहादुर निर्दाेष छन् ! लालबहादुरलाई न्याय दे ! भन्दै नारावाजी गरेका थिए । नारावाजीकै बिच ईटहरी उपमहानगरका प्रमुख हेमकर्ण पाैडेलाई न्यायका लागि पहल गर्न ज्ञापन पत्र समेत बुझाईएकाे छ । उपमहानगर मार्फत उच्च अदालत विराटनगर,राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानव अधिकार आयोग,कानुन तथा न्याय मन्त्रालय,गृह मन्त्रालय तथा प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र पठाईकाे छ । जसपा शिल्पी विशेष समितिका अध्यक्ष नरेश विश्वकर्मा, राजनीतिक समिति सदस्य तथा साे संगठनका सहईन्चार्ज दलमर्दन कामी,केन्द्रीय सदस्य यमुना गुरागाईँ (याेशा), शिल्पी विशेष समिति प्रदेश १ का सचिव शशीकुमार विश्वकर्मा,मञ्च सम्बद्घ संघीय दलित मुक्ति मञ्चका सुनसरी जिल्ला अध्यक्ष भाेलामान बर्देवा, जसपा ईटहरी नगरका अध्यक्ष डिल्ली सुब्बा,सचिव शान्तिराम गाैतम लगायतकाे टाेलीले उक्त ज्ञापनपत्र बुझाई रहँदा बाहिर भने चर्काे नारावाजी भैरहेकाे थियाे ।
ज्ञापनपत्र बुझाईसकेपछि उपमहानगरकाे गेटदेखिनै नारावाजी गर्दै ईटहरी चाेकमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । काेण सभालाई सम्बाेधन गर्दै जसपाका राजनीतिक समिति सदस्य तथा शिल्पी/दलित विशेष राष्ट्रिय समिति सहईन्चार्ज दलमर्न कामीले लालबहादुरलाई फसाउने न्यायधिशलाई तत्काल बर्खास्त गरिनु पर्ने,लालबहादुरलाई कारागार मुक्त गरेर मात्र सुख छैन उनलाई राज्यले क्षतिपुर्ति समेत दिनु पर्ने, यदि उनले न्याय नपाए त्यसका विरुद्ध जस्ताेसुकै संघर्ष गर्नपनि आफुहरु तयार रहेकाे, धरानमा लाखबहादुर सार्कीलाई पनि यसरीनै फसाईएकाे हुनाले त्यसकाे लागि पनि हामी संघर्षमा रहेकाे बताउनु भयाे । कर्यक्रममा बाेल्दै याेशा गुरागाई,भाेलामान वर्देवा,डिल्ली सुब्बा लगायतले लालबहादुरले न्याय पाउनै पर्ने बताए ।
सुनुवाइको पर्खाइमा रहेका लालबहादुर ८महिनादेखि रामधुनीस्थित क्षेत्रीय कारागार झुम्कामा छन् । मालिकको आदेश सोझो ‘तामेल’ गर्दा ठगी अभियोगमा मुछिएका लालबहादुरलाई सुनसरी जिल्ला अदालतले दोषी ठहर्याउँदै कारागार चलान गरेको थियो ।
जिल्लाको आदेशविरुद्ध म निर्दोष छु भन्ने याचना लिएर लालबहादुर उच्च अदालत विराटनगर पुगेको पनि नौ महिना भइसकेकाे छ । जेलमा रहेका श्रीमान्लाई छुटाई पाऊँ भनेर उनकी श्रीमती दिलकुमारी हरेकका अगाडि हात जोड्छिन् । लालबहादुर न्यायको याचनामा कारागारभित्रै छन् । तर, सुनुवाइ भने हुन सकेको छैन ।
सुन पसलका मालिक दीपक विश्वकर्मा सुनसँगै ‘मिनी बैंक’ सञ्चालन गर्थे । अर्थात् दीपकले बैंकले भन्दा धेरै ब्याज दिने भन्दै स्थानीयबाट पैसा सङ्कलन गर्ने गर्थे । यसरी दीपकले सर्वसाधारणबाट १९ करोड रुपैयाँभन्दा धेरै सङ्कलन गरे । दीपक नभएको बेला उनका बुबा कृष्ण विश्वकर्मा पसलको काम हेर्थे । पसलसँगै छोराको अनुमतिमा रकम सङ्कलनलगायत कारोबारसमेत कृष्णले गर्थे । तर, लेखपढ भने कृष्णलाई आउँदैन थियो ।
पसलमा पैसा जम्मा गर्न ल्याउनेहरूबाट रकम लिएपछि पासबुकमा लालबहादुरलाई पैसा बुझिलिएको हस्ताक्षर गर्न लगाए । ‘मालिकले पैसा जम्मा गरेर सेफमा राखे । मलाई पासबुकमा साइन गर् भनेपछि गरेँ’, १९ मंसिरमा जेल जानुअगाडि लालबहादुरले रुँदै सुनाएका थिए ।
सर्वसाधारणले जम्मा गरेको सोही रकम फिर्ता गर्न नसकेपछि दीपक र उनका बुबा कृष्णसँगै लालबहादुरलाई समेत जिल्ला अदालतले दोषी करार गर्यो । १९ पुस २०७८ मा जिल्ला अदालत सुनसरीकी न्यायाधीश निर्मला योङ्वाको इजलासले दीपक, उनका बुबा कृष्ण, दिदी सीतासँगै लालबहादुरलाई पनि दोषी ठहर गर्यो ।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले दीपक विश्वकर्मा, उनका बुबा कृष्णबहादुर, भाइ कमल, दिदी सीता र पसलमा काम गर्ने लालबहादुरविरुद्ध जिल्ला अदालतमा ठगीको आरोपमा मुद्दा दर्ता गर्यो । सरकारी वकिल कार्यालयका अनुसार लालबहादुरको दोष भने दुईवटा पासबुकमा पैसा बुझिलिएको हस्ताक्षर गर्नु हो । यही आधारमा सरकारी वकिल कार्यालयले ठगीको मतियार बनेको अभियोग लगाएर लालबहादुरलाई पनि मुछ्यो
अदालतको बहसका क्रममा सरकारी वकिल कार्यालयले दीपकका बुबा कृष्णबहादुर पसलमा बसेको समयमा लालबहादुरले कञ्चन चौधरी र अम्बिका अञ्जना राईले बचत भन्दै १५ लाख रुपैयाँ बुझेकोमा मतियारमा सजाय हुनुपर्ने माग राखे । बुझिलिएको पासबुकमा लालबहादुरले हस्ताक्षर गरेका थिए ।
तर, जिल्ला अदालतमा बयानका क्रममा दीपक, उनका बुबा कृष्ण र पीडित पक्षले लालबहादुरले ठगी नगरेको बयान दिएका थिए । आफू लेखपढ गर्न नजान्ने हुँदा पैसा आफैँसँग राखेर लालबहादुरलाई पासबुकमा हस्ताक्षर गर्न लगाएको कृष्णबहादुरले बयान दिएका छन् । लालबहादुरले हस्ताक्षर गरेको पासबुक धनी कञ्चन चौधरी र अम्बिका अञ्जना राईले समेत लालबहादुरले आफूहरूलाई ठगी नगरेको बयान दिएका थिए । तर, जिल्ला अदालतले भने न पीडितको कुरा पत्यायो, न त मुख्य पीडक भनिएका प्रतिवादीहरूकै कुरा ।
हाल उनकाे मुद्धा सुनुवाईकाे पर्खाईमा उच्च अदालत किराटनगरमा रहेकाे छ ।
Discussion about this post