धरान । डेङ्गि रोगले बिगतको वर्ष जस्तै धरानमा सताउन थालेपछि जनता समाजवादि पार्टी धरान उपमहानगर समितिले सप्ताहव्यापी डेङ्गि नियन्त्रण अभियान थालेको छ ।
बिहिवारदेखि धरान उपमहानगरपालिका वडा नम्बर ११ को मंलबारे चोकदेखि बिष्णु चोकहुँदै कुबिर्ता चोक रिटिङ स्वतन्त्र टोल हुँदै पुनः मंलबारेमा आएर टुंग्याएको छ ।
हाललाई उच्च जोखिममा रहेको वडा नम्बर ११/१७ रहेको भन्दै पहिलो दिन ११ नम्बरको विभिन्न टोलमा खोजि र नष्ट ( सर्च एन्ड डिस्ट्रोए) गर्ने अभियान थालेको कुरा ज्व्नता समाजवादी पार्टी धरान उपमहानगर समितिका अध्यक्ष ताजुप लिम्बुले जानकारी दिए । अभियानमा विरामीलाई सिटामोल वितरण गरेको र जनचेतनाको लागि पर्चापम्प्लेट वितरण प्रचारप्रसार गरेको जानकारी दिए । त्यसैगरी वडा नम्बर ११ का विभिन्न टोलमा राखिएको जम्मा गरेको पानीमा लार्भा नष्ट गर्ने काम गरेको जानकारी दिए ।
शुक्रवार वडा नम्बर १७ का विभिन्न टोलमा सर्च एण्ड डिस्ट्रोएलाई निरन्तरता दिन्व जानकारी दिए । बिहीवारको अभियानमा जनता समाजवादी पार्टीको धरानमा रहेका विभिन्न तहका नेता कार्यकर्ता युवा महिलाको सहभागी रहेको जानकारी दिए । (भिडियोमा डेङ्गिबारे बिस्तृत )
Discussion about this post