निमा पोङ्स्युवा
धरान । जे हुन्छ धरानमा हुन्छ, जे भैराछ धरानमा भैराछ । राजनीतिक असहिष्णुतापछि धरानमा अव धार्मिक सहिष्णुता खल्बलिने देखिएको छ । स्वतन्त्र उम्मेदवारले जितेपछि एकप्रकारको असहयोगको अवस्थामा पुगेको थियो । मेयर हर्क साङ्पाङ स्वतन्त्रबाट मेयरमा बिजय भएपछि राजनीतिक दलसँग चिसोपना पसेका थिए । यसको असर मिडियामा समेत पर्यो । महासंघमा आवद्ध भनाउदा पत्रकारहरुसंग मेयर हर्क साङ्पाङले कुन पार्टीको भनेपछि चिसिएको सम्बन्ध उता युटुबरसम्म पुग्यो । राजनीतिक दल र उस्का भातृसंगठन रहेका पत्रकार एकातिर देखिए भने स्वतन्त्रबाट निर्वाचित मेयर हर्क साङ्पाङ र युटुबर अर्को तर्फ देखिए । कार्यपालिका सदस्य जो राजनीतिक दलबाट जितेर गएकाहरुले धेरै लामो समयसम्म कार्यपालिका बैठक अवरुद्ध गरे भने । राजनीतिक दलका भातृसंगठन रहेका पत्रकारले समेत मेयर साङ्पाङ विरुद्ध आन्दोलन गरेका थिए । अहिले केहि साम्य भएको छ ।
तर फेरि धार्मिक असहिष्णुता हुने संभावना बढेर गएको छ । धरान १४ तीनधारे नजिक गोपाल मन्दिरको ठिक अगाडिपट्टि क्रीस्चियन धर्मको चर्च बनेपछि धरान यतिबेला दुई खेमामा देखिएको छ । एकातिर मन्दिर पक्षका छन भने धर्म निरपेक्षको वकालत गर्दै चर्च पक्ष छन । साथै ऐतिहासिक क्षेत्र बिजयपुरको कुरालाई लिएर पनि अर्को आवाज उठेको छ ।
स्थानीय निकायबाट घरनक्साबिना स्थापना गरिएको भनिए पनि मुलतः हिन्दु धर्मको एकाधिकार जमाउने उदेश्य देखिन्छ । गोपाल मन्दिर व्यावस्थापन समिति अध्यक्ष पुर्णिमाया राई त्यो क्षेत्र मन्दिर क्षेत्र भएकोले बनाउन नहुने घुमाउरो तर्क राख्छन् । उनि भन्छ वडाबाट नक्सा पास नगरी बनाएको संरचना वडा र नगरपालिकाले खोजिनिधि गर्नुपर्ने । त्यो सम्बन्धित निकायको काम हो । किन आपत्ति चर्च बनाउदा भन्ने प्रश्नमा अध्यक्ष पुर्निमाया आफै द्व्श धर्म निरपेक्ष भएको स्वीकार गर्छन । गोपाल मन्दिरका पुजारीकि श्रीमती प्रतिमा खनाल केहि नराम्रो लागेको बताउँछन । तर पनि मन्दिरको जग्गा नमिचि आफ्नै जग्गा बनाएकोले खासै आपत्ति नभएको खनाल बताउछन् । बरु आन्तरिक रुपमा कल्यानि नामबाट गोपाल मन्दिरको जग्गा हडप्न खोजेको खनाल बताउँछन । अहिले पनि कल्याणिको तर्फबाट मन्दिरमा ताला लगाएको छ । पुजा गर्न दिएको छैन । तर अदालतले गोपाल मन्दिरको पक्षमा फैसला गरेको छ । चर्च स्थापना हुँदा सुरक्षा महसुस गरेको छ पुजारीकि श्रीमती । त्यस क्षेत्रमा दुर्व्यसनिहरु आउदा असुरक्षित महसुस गर्थे । बाहिर बाहिर मात्र विवाद गरेको भन्दै आफुहरुलाई कुनै चासो र आपत्ती नभएको गोपाल मन्दिरका पुजारी बताउँछन् । मन्दिरमै बस्दै आएका काजि त्यस क्षेत्रमा चर्च आएकोमा स्वागत गर्छ्न । उनि पनि चर्च आएपछि सुरक्षीत भएको महसुस गर्छ । उनि भन्छन चर्च राखेपछि धेरै शान्त भएको दाबि गर्छ्न । चर्च आएर केहि नभएको र आफुहरुबाट चर्चको लागि पनि केहि नगरेको बताउँछन ।
केहिदिन अघि आचार्य श्रीनिवास आएपछि थप समस्या जटिल भएको छ । आचार्यले मेय्र हर्क साङ्पाङलाई क्रीस्चियनको दलालि भन्दै त्यो ठाउँमा बालेन भएको भए चर्चमा डोजर लगाउनसक्ने अभिव्यक्ति दिएका थिए । मेयर साङ्पाङलाई ढुंगा मात्र बोकेको भन्दै चर्च मिलेमतोमा बनाउन दिएको आरोप लगाएका थिए । यो अभिव्यक्तिले विवाद थप चुलिएको छ । यसको जवाफ मेयर हर्क साङ्पाङले बिरुवा रोप्न आउन भन्दै सामाजिक संजाल फेसबुकबाट दिएको छ ।
आचार्य श्रीनिवास धार्मिक सामाजिक खलबलाउन उद्दत देखिन्छ । श्री निवासले यस अघि २०७५ बैशाख २४ मा बिराटनगरमा आफैलाई गोलि हान्न लगाएर मंगोल अनुहार भएकोले हानेको दाबि गरेका थिए । तर पछि श्रीनिवासलाई गोली हान्ने माधव चौधरी चितवन भरतपुर महानगरपालिका–४ का र लक्ष्मीराज अधिकारी नवलपरासी गैंडाकोट–५ दुबैजनालाई पक्राउ गरेका थिए । पक्राउ परेका उनीहरु दुवैले श्रीनिवासले नै भनेकै आधारमा गोली प्रहार गरेको बयान प्रहरीलाई दिएका थिए ।
यस विषयलाई लिएर कान्तिपुर दैनिकका धरान संवाददाता प्रदीप मेयाङ्बोले सामाजिक संजाल फेसबुकमा लेखेका छन । मेयाङ्बोले विजयपुर क्षेत्रमा १२ औं शताव्दी आसपासका पुरातात्विक बस्तु छताछुल्ल भनेर उल्लेख गरेका छन । उनले कट्टरपंथी धार्मिक गुरुहरु मन्दिर र चर्चको नाममा विवाद भएको जनाएको छ । स्टाटसमा लेखेका छन – “छाताचोकहुदै सिंहदेवि देखि मास्तीर विजपुर जाने बाटोमा एकातिर वि.स. १९९२ जेठ २ गते निर्माण भएको देउता गोपाल मन्दिर रहेछ । त्यसको नजिकै भीमकला राईको स्वामित्वमा रहेको जग्गामा इसाई धर्मावलम्बीले होली ट्रिनिटी विलिभर्स इस्र्टन चर्च निर्माण गरेछन् । अव हिन्दु धर्मावलम्बी पक्षले चर्च निर्माण गरेर धार्मिक सद्भाव र सशिष्णुता खलल पुर्याउने प्रयास गरेकाले रोक्नु पर्ने र भविष्यमा पनि विजयपुर क्षेत्रमा निर्माण गर्न दिनु हुदैन भन्ने माग रहेछ । उता इसाई पक्षले पनि संविधानले दिएको मौलिक हक प्रयोग गरेर चर्च निर्माण गरेको दावी गरेको छ । उसले चर्च र मन्दिर आमने सामने हुदा धार्मिक सद्भावमा खलल पुग्दैन बरु झन बढ्छ भनेर दावी गरेको छ । मेरो कुरा चाही यो चर्च र मन्दिर आमने सामने हुदा कतै पनि धार्मिक सद्भाव भड्किदैन भन्ने हो । धार्मिक सद्भाव भड्किएको त हिन्दुभित्रै, इसाईभिमै, मुस्लिमभित्रै, बौद्धभित्रै पनि देखेकै हो ।
अव अर्को गुदी कुरो, यो विजयपुर क्षेत्रमा आज भन्दा करिब पाँच सात सय बर्षअघि न हिन्दु थियो न इसाई, न बौद्य, न मुस्लिम । यहाँ अहिले पनि १२ औ सताव्दी देखि १८ औं शताब्दिमा प्रयोग गरेका पुरातात्विक महत्वका बस्तुहरु, प्रस्तर कलाहरु मान्छेले घरको गारो, चुला, हतियार अर्जाप्ने ढुङ्गाको रुपमा हरिविजोग तरिकाले गलत प्रयोग गरिरहेका छन् । अव दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर प्राचीन हो यो त पौराणिक कालमै लेखिएको रुद्राक्षरण्य महात्म्यमा उल्लेख छ भनिए पनि यो रुद्राक्षण्य महात्म्य पनि लेखिएको धेरै भएको छैन । करिव १७ औ शताब्दीसम्म लेखिएका पुराणका आधारमा पुरानो भन्न मिल्दैन । यद्यपी यी धार्मिक तीर्थस्थलले धरानको शोभा बढाएका छन् । करिव १२ औं शताव्दीमा शासन गर्ने विजयनारायणको नाममा स्थापित विजयपुरमा तत्कालिन समयका सेन र याक्थुङ लाजे (पछि लिम्बुवान) कालिन पुराना पुराना पुरातात्विक बस्तुको पनि संरक्षण गर्न जरुरी किन कसैले देखेन ? एउटा जाति वा समुदायले संरक्षण गरेर नहुने भएकाले राज्यले गर्नु पर्थ्यो तर यहाँ त कट्टर पन्थी हिन्दु र इसाई वीचमा पो वेकारको विवाद निकालेर तीन छक्क पारिरहेछन् । धर्मको उदेश्य शान्ति स्थापना होइन र ? के को यो मेरो र यो तेरो हाउ ? दुवै पक्ष वीच विवाद हुदै गर्दा विजयपुर क्षेत्रमा त्यो १२ औं वा त्यसअघिका र १८ औ शताब्दिमा प्रयोग भएका पुरातात्विक बस्तु पनि संरक्षण गर्दै मन्दिर बनाउ, चर्च बनाउ वा मस्जिद, तव पो धार्मिक शहिष्णुताको उच्चतम नमूना संसारभर कहलिने छौं गुरु प्रभूहरु हो । नत्र यो विवाद धार्मिक शहिष्णुता खल्वलाउने काम बाहेक केही होइन भन्ने बुझ्न सकिन्छ ।”
यसै विषयलाई लिएर बुधबार जनता समाजवादी पार्टी शिल्पि विशेष प्रदेश समितिले मेयर हर्क साङ्पाङमाथि आचार्य श्रीनिवासले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । समितिले प्रेस बिज्ञप्ति जारी गर्दै बिज्ञप्तिमा बिजयपुर ऐतिहासिक लिम्बुवानको राजधानी भएको उल्लेख छ । बिजयपुरसंग लिम्बुवानको इतिहास किरात सभ्यता र संस्कृति जोडिएको जनाएको छ । हिन्दुहरुले ऐतिहासिक स्थल सत्ताको आडमा अतिक्रमण गरेको दाबि गरेको छ ।
संविधानको प्रस्तावनामा नै धर्म निरपेक्षलाई स्वीकार गरेको भन्दै एकले अर्कोको धार्मिक आस्था र विश्वासमाथि धावा बोल्ने अधिकार कोहि कसैलाई नभएको बताए । बिजयपुरमा लिम्बुवान किरातको प्रतिक बुढा सुब्बा माङहिमको आसपासमा हिन्दु धर्मको नाममा मन्दिर बनाउने मिल्ने अनि इशाईले चर्च बनाउन किन नमिल्ने भनेर प्रश्न गरेको छ ।
बिज्ञप्तिमा यस्ता खालका गतिविधि तुरुन्त बन्द गर्न बिजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिलाई आग्रह गरिएको छ ।
Discussion about this post