दुईदिने स्वस्थ खुशी प्याड बनाउने तालिम सम्पन्न

धरान । पाठेघर जस्तो घातक रोगबाट महिलाहरुको ज्यान जोखिम रहेको कुरालाई मध्यनजर गर्दै दुईदिने स्वस्थ खुशि प्याड बनाउने तालिम सम्पन्न भएको छ ।

ल्होमि शिङ्सा महिला मंचको आयोजनामा सुनसरी जिल्लामा रहेका ल्होमि शिङ्साबा महिलाहरुलाई दुई दिने प्याड बनाउने तालीमको आयोजना गरी सम्पन्न भएको छ ।
कार्यक्रममा सुनसरी जिल्ला इटहरी उपमहानगर र धरान उपमहानगरबाट ४० जना महिलाहरु सहभागी रहेका थिए । सिसि एफएफको आर्थिक सहयोगमा भएको तालिममा धोएर पुन प्रयोगमा ल्याउन सकिने प्याड तयारी तालिम दिएको कुरा प्रशिक्षक सुमि भोटियाले बताए । यस अघि प्रयोग गरिदै आएको एकपटक प्रयोग गरि फालिने प्रकारको प्याडले महिलाको पाठेघरमा क्यान्सर जस्ता गम्भीर समस्या आएको भन्दै त्यसलाई निरुत्साहित बनाउदै रोगबाट समेत बच्नको लागि यस्तो प्रकारको तालिम दिन आवस्यक रहेको बताए । तालिममा सम्झना लामाले स्वास्थ्य सम्बन्धि सैद्धान्तिक प्रशिक्षण दिएका थिए भने प्याड कटाई सिलाई सम्बन्धि तालिम सुमि भोटिया दिएका थिए ।

सिसि एफ फाउन्डेसनको आर्थिक सहयोगमा यस्ता कार्यक्रमहरु भोटखोला गाउँपालिकाको १६ वटा गाउँमा विगत दुई वर्षदेखि दिइदै आएको जानकारी दिए । त्यसैगरी काठमाडौमा पनि महिला तथा आमा समुहको ८ समुहलाई यस प्रकारको तालिम दिइसकेको बताए ।

विशेषगरी महिलाको स्वास्थ्य सम्बन्धि शिबिर राख्ने आगामी लक्ष्य रहेको सुमिले बताए । महिलामा धेरैजसो पाठेघरको समस्या देखिएकोले त्यस सम्बन्धि शिबिर राख्ने लक्ष्य तथा योजना रहेको बताए ।

धरान हाल दुईवटा महिला तथा आमा समुह रहेकोमा एक समुहको शनिबार सम्पन्न भएको छ । त्यसैगरी धरान उपमहानगरपालिका वडा नम्बर ५ मा रहेका ल्होमि शिङ्साबा महिलाहरुलाई आइतबार र सोमबार दुई दिने तालीम दिइ सोमबार सम्पन्न हुने जानकारी दिए । वडा नम्बर ५ सहितबाट विद्यार्थी महिला गरि ३३ जना सहभागी रहेको जानकारी दिए ।

समापन कार्यक्रममा धरान उपमहानगर वडा नम्बर ३ का वडा सदस्य मिक्मा भोटेले लिएको तालिम व्याबहारमा लिन सुझाब दिए । फुर्सदमा भएका महिलाहरुले स्वस्थ प्याडको उत्पादन गरि आन्तरिक रुपमा बिक्रि वितरण गर्दा आम्दानीको स्रोत सहित तालिमको सार्थकता हुने बताए । समापनमा श्री हिमाली शिङ्साबा भोटिया समाज धरानका अध्यक्ष छोजुङ लामाको लगायतको उपस्थिति थिए ।

ल्होमि शिङ्सा महिला मंच पुनर्गठन
केहि वर्ष अघि गठन भएको ल्होमि शिङ्सा महिला मंच सुनसरीको शनिबार पुनर्गठन भएको छ । नव गठित समितिको अध्यक्षमा फुपु पोङ्स्युवा रहेका छन । सचीवमा पद्मा राई नुप्पा कोषाध्यक्षमा फिन्जिन पोङ्स्युवा रहेका छन । सह सचिबमा रिनेन लामा सह कोषाध्यक्षमा चिङ्डुक पोङ्स्युवा छन । सदस्यहरुमा फान्जम नुप्पा,छिरुप पोङ्स्युवा, छिरिङिन्जिक नुप्पा रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित