धरा । धरानमा सम्पन्न मिस एसईई सुनसरी २०२३ मा १४ जनालाई उछिन्दै नुमा लिम्बुले ताज पहिरिएकि छिन ।
शनिवार धरान १५ सदन सभा हलमा भएको फाइनल राउन्डमा निर्णायकले नुमा लिम्बुलाई बिजेता घोषित गरेको कुरा ड्रीम्स एमका कार्यक्रम निर्देशक मेरिना तुम्सा लिम्बुले जानकारी दिए । प्रतियोगितामा फस्ट रनर अप खुङ्जु राई,सेकेन्ड रनर अप प्राप्ति साह र थर्ड रनर अप आस्था श्रेष्ठ घोषित भएका थिए । बिजेता ले नगद ३० हजार र क्रमशः उपबिजेता १० हजार ५ हजार साथै दश जोड दुईको छात्रवृत्ति,उद्द्घोषण तालिम,डान्स क्लास, ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गरेका छन ।
पब्लिक चोइस अवार्ड तृफेना लिम्बु,अर्गनाईजर चोइस अवार्ड रिया बिश्वकर्माले पाईन । मोस्ट ब्युटिफुल्नास्था श्रेष्ठ,मिस ट्यालेन्ट रिया विश्वकर्मा,मोस्ट डिसिप्लिन खुङ्जु राई,बेस्ट वक मिस्लि राई,मोस्ट इन्टेलेक्चुअल शिवानी भुजेल,मोस्ट एक्टिभ तृफेना लिम्बु,मिस फोटोजेनिक प्रभा सापकोटा,मिस बब्लि जेनिसा जिमिलाई घोषित गरिएका थिए ।
त्यसैगरी मिस फ्रेन्ड्लि सेरिना राई,मोस्ट कन्फिडेन्ट प्राप्ति साह,मोस्ट चार्मिङ नुमा लिम्बु,मोस्ट ओबिडेण्ट अविष्ना सुनुवार,मिस भ्युअर चोइस नुमा लिम्बु,धरान मेघा मिस होस्पिटालिटि अमृता राई,मिस पङ्चुअल रोस्मिता लिम्बु घोषित भएका थिए ।
फाईनलको मुख्य निर्णायकमा नुतन श्रेष्ठ रहेका थिए । त्यसैगरी भिनुमा पाहिम लिम्बु,सुम्निमा खापुङ लिम्बु,दिनेश कोइराला,कृति श्रेष्ठ रहेका थिए । फाइनलको कोरियोग्राफि श्वेता भुजेलले गरेका थिए ।
Discussion about this post