उज्वल भविष्य बाल क्लबले गर्‍यो सरसफाइ तथा वृक्षरोपण कार्यक्रम

दिपेश रोक्का
कानेपोखरी । मोरङ जिल्लाको कानेपोखरी ६ मा रहेको उज्ज्वल भविस्य बाल क्लबले रमाइलो बजार क्षेत्रमा सरसफाइ , श्रमदान तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
रमाइलो बजार क्षेत्रमा फोहोर व्यवस्थापन नभएको कारण र रमाइलो बजार क्षेत्र अव्यवस्थित भएको कारण सरसफाइ तथा वातावरणलाई स्वच्छ राख्न वृक्षरोपण कार्यक्रम गरेको उज्ज्वल भविस्य बाल क्लबका सचीव उपेन्द्र पौडेलले बताउनु भयो ।
कार्यक्रममा थप उत्साह प्रदान गर्न गरि अभिभावत्वको भुमिका निर्वाह गर्दै कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारि कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्नुहुदै – रमाइलो बजार क्षेत्रलाई व्यस्थित गर्न कानेपोखरी गाउँपालिकाले थप कदम चाल्ने बताउनु भएको छ ।


बाल क्लबका समुहले १५ ओटा भन्दा बढी बिरुवा रोपेर सरसफाइ गरेर बजार क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको हो । विगत केही समयदेखी नै यश क्लबले सामाजिक कामहरु गर्दै आएको छ। अबको दिनहरु रोपिएका बिरुवालाई हुर्किनुको लागि फेरि पनि त्यसको हेर विचार गर्ने क्लबका सचिव पौडेलले बताए ।
सो कार्यक्रममा कानेपोखरी ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेत , नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल , तथा जनएकता साकोस का अध्यक्ष सन्तोष फुयल , कानेपोखरीका स्वास्थ प्रमुख , विभिन्न राजनीतिदलका तथा बिद्यार्थी संगठनका र क्लबका सदस्यहरु तथा अन्य समाजसेविहरु को उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित