भुमाफियाले प्लटिङ तारबार गरेको भन्दै मेयर साङ्पाङको निर्देशनमा तार काटियो(भिडियो फोटो सहित )

 

 

भेडेटार । सर्दु जलाधारको भेडेटार छोटिमोरङको जग्गामा पल्टिङ र तारबार गरेको मेयर हर्क साङ्पाङको निर्देशन काटिएको छ ।

शनिवार वृक्षारोपण गर्न पुगेका हजारौंको संख्याले फडानि गर्दै बिरुवा रोप्ने क्रममा छोटि मोरङ थाउजन बिग बुद्ध निर्माण स्थल नजीक रहेको प्लटिङ स्थलमा तार काटिको हो । भुमाफियाले जलाधार क्षेत्र बिक्रि गरेको भन्दै प्लटिङ गरि काँडेतार लगाएको काटिदिएको छ ।

मेयर हर्क साङ्पाङको निर्देशनमा प्लटिङमा लगाएको तार काटिएको कुरा समिर तामाङले बताए । उनले सट्टा भर्ना दिइसकेको जग्गा भुमाफियाको चलखेलमा लगत कट्टा नगरी चलखेल गरेको बताए । तत्कालीन समयमा हालका मेयर साङ्पाङ र पुर्व उपमेयर कृष्ण पलिखेले सर्वोच्चमा मुद्दा लगाएको बताए । हाल मुद्दाको किनारा लागि धराने जनताको पक्षमा फैसला भएको बताए । शनिवारको वृक्षरोपण कार्यक्रममा आएका एकजनाको समेत १० लाखमा किनेको त्यस क्षेत्रमा रहेको जग्गा भन्दै पैसा फसेको समिरसंग कुरा भएको बताए ।

काँडेतार लगाएको प्लटिङ गरिएको जग्गामा समेत फडानी गरेर बिरुवा रोपेको छ ।

शनिवार पनि अत्याधिक श्रमदाता आएका थिए । तत्कालीन छोटि मोरङको खालि जग्गामा हजारौं बिरुवा रोपिएको छ । सोहि अवसरमा इलाम जिल्लाबाट समेत अभियानलाई साथ दिन चाँपको बिरुवा ५ हजार उपलब्ध भएको कुरा मेयर हर्क साङ्पाङले जानकारी दिए । त्यसैगरी स्कुल,समुह,संघसंस्थाबाट पनि बिरुवा ल्याई रोपेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित