चन्द्र खापुङ र लोकबहादुर खापुङले १०६ जनाको १८ करोड ३६ लाख ४३ हजार रुपैया वचत फिर्ता नगरेको भन्दै घरमा नाराबाजी (भिडियो )

 

धरान । इजि राईडर गोल्ड सपका संचालक तथा श्रेया वचत तथा ऋण सहकारीका संचालक चन्द्र खापुङ र लोकबहादुर खापुङले १०६ जनाको १८ करोड ३६ लाख ४३ हजार रुपैया वचत फिर्ता नगरेको भन्दै घरमा नाराबाजी गरेको छ ।

शुक्रवार खापुङको धरान १५ पाथीभरा लाइनमा रहेको घरमा पिडितहरुले प्लेकार्ड सहित नाराबाजी गरेको छ । धरान उपमहानगर वडा नम्बर १० निवासी नरबहादुर लिम्बुको १ करोड ५० लाख जम्मा गरेको पैसा फिर्ता नदिएको बताए । आफु सहित श्रीमती बिभिन्न रोगबाट थलिएको भन्दै उपचार गर्ने पैसा नभएको बताए । त्यसैगरी धरान १३ निवासी निर्मला सुब्बाले घर बनाउने पैसा ५५ लाख रुपैया जम्मा गरेको बताए । कोरोनाको लकडाउन अगाडि जम्मा गरेको पैसा फसिएको बताए । यतिबेला घरमा झगडा भएको भन्दै किस्तामा दिए पनि हुने अपेक्षा बताए । त्यसैगरी धरान १६ निवासी इन्द्र आलेले ब्याजकै लोभमा ४५ लाख रुपैया राखेको बताए । उनि पनि पिडित मध्येका घर घेराउ गर्न आएको बताए । उनले संचालक विरुद्ध मुद्दा  गरेको जानकारी दिए । उनले हालसम्म १०६ जना पीडित सम्पर्कमा रहेकोभन्दै अरु पनि हुनसक्ने बताए ।

चन्द्र खापुङको सुनचाँदी पसल समेत रहेको धरान १५ पाथीभरा लाईनमा रहेको घर यतिबेला तालाचाबि लगाएर बन्द छ । करिब ३ वर्षदेखि वचतकर्ताको रकम भुक्तान नगरेको पिडितको आरोप छ । संचालक मध्ये चन्द्र खापुङ संपर्कबिहिन रहेको भन्दै संघर्ष समितिले उनि युके गएको दाबि गरिएको छ । तर युकेबाट पनि चन्द्र खापुङलाई लखेट्ने चेतावनी दिए । त्यसैगरी उनका छोरा लोकबहादुरलाई सुरक्षा निकायको उच्च ब्यक्तिबाट संरक्षणमा रहेको दाबि गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय वडा समिति कार्यालयमा उजुर गरेको भन्दै ३५ दिने म्याद १५ दिने म्याद समेत काट्दा समेत अटेर गर्नुले संरक्षणमा रहेको दाबि गरे ।

धरानमा केहि समयदेखि वित्तिय कारोबार गर्ने सहकारी भाग्ने क्रम जारी छ भने सहकारी भित्रभित्रै डुब्ने क्रम उत्तिकै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)