कानेपोखरीको निगुरो हरेकको भान्सामा पुग्दै

दिपेश रोक्का

कानेपोखरी । मोरङको कानेपोखरी जङ्गलमा जताततै पाइने निगुरोले जंगल आसपासका धेरै परिवारको गुजरा चलाउने स्रोत बन्दै आएको छ ।

अर्गानिक तरकारीका नामले चिनिएको यो जंगली झार सहरी क्षेत्रका कतिपय परिवारको भान्सामा लोकप्रिय तरकारिका रुपमा भित्रीने गरेको छ । पुर्व पश्चिम् राजमार्गसँग जोडिएकाम मोरङको कानेपोखरी पथरी , भाउन्ने , लक्षमीमार्गव, बेलबारी, झापाको दमक चाराली, चन्द्रगढी रोड , मंगलबारेमा दैनिक लाखौं मुल्यमा निगुरो बिक्री हुने गरेको छ ।

मोरङको कनेपोखरी जङ्गलमा पाइने साथै सामुदायिक वन क्षेत्रमा पाइने निगुरो स्थानीय बजारमा मात्र नभई उपत्यका सम्म पनि पुग्ने गरेको बिगत २ बर्ष देखि निगुरो बिक्री गरेर परिवार गुजरा चलाउदै आएकी कानेपोखरी ७ कि आशा सुयलले बताइन् । नजिकको जङ्गल बाट दैनीक ४५ मुठा निगुरो टिपेर प्रती मुठा २० रुपैयामा दमकबाट आउने ग्राहकीलाई बिक्री गर्नुहुन्छ ´ हरेक दिन ४५ मुठा बिक्री गर्न सके ९०० रुपैया आम्दानी हुन्छ उनले बताइन ।

त्यहि आम्दानीले हाम्रो पाच जना परिवारको गुजरा चल्दै आएको छ ।` उहाँका अनुसार यहाँको निगुरोले धेरै कोसेलीका रुपमा समेत किनेर लैजाने गरेका छन् । जंगलबाट टिपेर चोकमा ल्यापुर्याए लगत्तै निगुरो बिक्रि हुन्छ । बसमा चढ्ने र ओर्लिने यात्रुहरु हाम्रो मुख्य ग्राहक भएको सुयल को अनुभव छ ।

बसबाट ओर्लने यात्रुले घर र छिमेकीका लागि तरकारी भन्दै निगुरो लैजाने गरेका छन । ´ पछिल्लो समय पथरी , उर्लाबारी , बिर्तामोड , दमक , इटहरी , धरान बिराटनगर सम्मका ग्राहकीहरुले निगुरो किनेर लग्ने गरेको कानेपोखरी ७ शुक्रबारे कि सुनिता मङ्ग्राती बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित